नेकपा पर्वतले अस्पतालका विरामीलाई फलफुल वितरण गरेर मनायो जनयुद्ध दिवस - News site from Nepal

पर्वत- २६ औँ जनयुद्ध दिवसको अवसरमा नेकपा पर्वतले जिल्ला अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरेको छ । मुलुकभर जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी मनाईरहँदा पर्वतमा विरामीलाई फलफुल वितरण गरिएको हो । पर्वत अस्पतालमा उपचाररत ८ जना बिरामीलाई फलफुल वितरण गरिएको नेकपा पर्वतले जनाएको छ ।


कार्यक्रममा बोल्दै नेकपाका नेता तथा केन्द्रीय सदस्य मेघनाथ सुवेदीले मुलुकमा ठुलो परिवर्तन ल्याउन जनयुद्धको भूमिका रहेको बताउँदै यसलाई अझै रचनात्मक काम गरेर मनाउनुपर्नेमा जोड दिनुभएको छ । जनयुद्धमा ज्यान गुमाएका शहिदहरु, घाईते, अपाङ्गहरु, अयोग्य लडाकु लगायतको योगदानलाई राज्यले कहिल्यैपनि भुल्न नहुनेमा जोड दिँदै उनिहरुको हरेक मागहरु राज्यले पुरा गर्दै जाने बताउनुभएको छ । मुलुकको ठुलो दल नेकपाका केहि नेताहरु पदको खिचातानीका कारण पार्टीलाई विभाजनको संघारमा पुर्‍याउँदै सडकमा जानुले जनयुद्धको मर्म र भावनालाई कुल्चिएको बताउँदै मुल धारको केपि ओली नेतृत्वमा फर्कन उहाँले आग्रह गर्नुभयो । अझैपनि मुलुकका लागि नेकपा एक हुनुपर्ने आवश्यकता रहेको औल्याउँदै नेता सुवेदीले सडकमा पैदल हिडेर गन्तव्यमा पुग्न नसकिने बताउनुभयो । उहाँले केपी ओलीको नेतृत्वकै नेकपा आधिकारिक भएकाले बाटो बिराएका कार्यकर्ताहरुलाई घर फर्किन समेत अपिल गर्नुभएको छ ।
कार्यक्रममा नेकपाका जिल्ला सचिब गोविन्द पहाडी, भूमी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष देवेन्द्रराज पाण्डे, सचिबालय सदस्य शिवप्रसाद सुवेदी लगायत युवा संघका नेता कार्यकर्ताहरको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!