पर्वत- नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा पर्वत जिल्लाबाट ७ जनाले उम्मेदवारी दिएका छन् ।
उम्मेदवारी दिनेमा नबराज गुरुङ, खगेन्द्रप्रसाद तिवारी, गंगाधर तिवारी, बसन्त बहादुर सि के, रेखा गुरुङ, सनम बेगम, र गायक बिमलराज क्षेत्री रहेका छन् ।
पर्वतवाट महाधिवेशन प्रतिनिधिमा बिजयी भएर गएका उनिहरुले केन्द्रीय सदस्यमा बिजयी हुनका लागि प्रचार प्रसार र भोग माग्ने कार्यलाई तीब्रता दिएका छन् ।
उनिहरुले आफुलाई मत दिई बिजयी गराउन समेत आग्रह गरेका छन् ।






