एमाले विवाद समस्या समाधान कार्यदलले आज एकताको सन्देश सार्वजनिक गर्ने - News site from Nepal

काठमाडौं : नेकपा एमाले पार्टी भित्रको समस्या समाधान गर्न गठित कार्यदलले आज औपचारिक रुपमा पार्टी भित्र समझदारी कायम गर्ने दस्तावेजलाई सार्वजनिक गर्ने बताएको छ।

शनिबारको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै संस्थापन पक्ष कार्यदलका संयोजन सुवास नेम्बाङले भने, ‘हामीले साह्रै मेहनतका साथ काम टुङ्ग्याए बराबर छ। आइतबार विहान ८ बजे तपाईहरुले सुखद समाचार सुन्न पाउनुहुन्छ।’

अर्का कार्यदल सदस्य गोकर्ण विष्टले पनि समस्या लगभग समाधानको अबस्थामा पुगेको र अब त्यसलाई औपचारिकता दिन मात्र बाँकी रहेको बताए।

‘हामी आइतबार पार्टी एकताको सुखद् समाचार सुन्ने सफलता प्राप्त गर्ने छौँ। त्यो विन्दुसम्म पुर्याउनका लागि हामीले धेरै हदसम्म सहमति गरेका छौँ’, उनले भने, ‘अब सहमतिलाई औपचारिकता दिन मात्र बाँकी छ। आइतबार एकताको सार्थक निष्कर्षमा पुग्दैछौँ।’

शनिबारको बैठकमा एमाले नेता सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल, प्रदीपकुमार ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डेलगायत नेता सहभागी थिए। एमालेभित्र देखिएको विवाद समाधान गर्न लगातार कार्यदलको बैठक बसिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!