पर्वत- नेकपा एमाले पर्वतका १५ जना नेताहरु पार्टीको प्रदेश कमिटि सदस्यमा मनोनित भएका छन् ।
नेकपा एमाले प्रदेश कमिटिको सोमवारको बैठकले उनिहरुलाई सदस्य पदमा मनोनित गरेको हो । मनोनित हुनेहरुमा जुना नेपाली (कुश्मा), राजु पौडेल (महाशिला), कमला पन्त (कुश्मा), हरीहर पोख्रेल (फलेवास), दुर्गा शर्मा (कुश्मा), चेतनाथ कुवँर (फलेवास), लक्ष्मण गिरी (कुश्मा), मित्रलाल बस्याल (पैयूं), सुन्दर भुषाल (विहादी) रहनुभएको छ ।
त्यसैगरी शान्त पौडेल (कुश्मा), महेन्द्र कुमार श्रेष्ठ (पैयू), शारदा शर्मा (फलेवास), प्रेम पौडल (मोदी), नरबहादुर कार्की (जलजला) र अनिल मास्के (विहादी) रहनुभएको छ ।
बैठकले नेताहरु पदम गिरी, विकास लम्साल, मनोहर वि. पौडेल, मेघनाथ सुबेदी र प्रेमकुमार लामिछानेलाई प्रदेश कमिटिको सचिबालय सदस्यमा मनोनित गरेको छ । एमालेको केन्द्रीय महाधिवेशन नजिकिदै गर्दा प्रदेश कमिटिमा पनि नेताहरुलाई मनोनित गरिएको हो ।






