पर्वतको खुर्कोटमा आत्महत्या न्यूनिकरण सम्वन्धि सचेतनना कार्यक्रम सम्पन्न - News site from Nepal

पर्वत- समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत कुश्मा नगरपालिका २ खुर्कोटमा आत्महत्या न्यूनिकरण सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
लैगिंक हिस विरुद्धको १६ दिने अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि वडा नं. २ का वडा अध्यक्ष यदुनाथ शर्मा वास्तोलाले लैगिंक हिंसा घर वाट नै शुरुहुने भएकाले सवै सचेत भएर घरवाट नै कमगर्न सुझाव दिए ।
वडा न २ को गगनपानी वस्तीमा धेरै प्रकारका हिंसाका घटना हुने गरेकाले त्यस्ता कार्यलाई निरुत्साहित गर्नका लागी यस ठाउमा विभिन्न कार्यक्रम राख्ने गरेको जानकारी दिए । यस्ता कार्यक्रमले घरेलुहिंसा,आत्महत्यका घटना कम हुने विस्वास व्यक्त गदै कार्यक्रम आयोजना गरेकोमा जिल्ला प्रहरी कार्यालय पर्वतलाई धन्यवाद समेत दिए ।
कार्यक्रममा लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष गणेश वहादुर क्षेत्री,नेपाल महिला संघका सभापती मुना शर्मा लामिछाने,सामुदायिक सेवा समाज पर्वतका निवर्तमान अध्यक्ष मान कुमारी गिरी लगायतले महिला हिंसा र आत्महत्या संवन्धि कार्यहरुलाई कम गर्ने विभिन्न विचारहरु व्यक्त गरेका थिए ।
कार्यक्रमको उद्धेश्य माथी प्रहरी नायव निरिक्षक पुणर्िमा थापाले प्रकाश पारेकी थिइन । गणेश्वर प्राथमिक विद्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रममा स्वागत विद्यालयका शिक्षक केश वहादुर रेग्मी र संचालन वडा नम्वर २ का वडा सदस्य शान्ति शर्मा कुमालले गरेकी थिईन ।
कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ दिदै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक तथा कार्यक्रमका अध्यक्ष प्रदिप पौडेलले पर्वत जिल्लामा वढ्दोक्रममा रहेको आत्महत्या कम गर्न समाजका सवै व्यक्तिहरु लाग्नु पर्ने वताए । मदिरा सेवन,आर्थिक अवस्था कमजोर र सामाजिक अपहेलनाले गर्दा हुने मानिसको डिप्रेशनका कारण आत्महत्या वढ्दै गएकोले यस्ता कार्यहरुलाई तुरुन्तै निरुत्साहीत गर्नुपर्ने वताए ।
उक्त कार्यक्रममा वडा सदस्य माया दर्जी,दल वहादुर रेग्मी, चौतर्फी विकास श्रोत मञ्चका अध्यक्ष कालिका प्रसाद शर्मा,समाज सेवी तिल प्रसाद भण्डारी,ठाकुर वहादुर क्षेत्री,मान वहादुर क्षेत्री,नर वहादुर क्षेत्री लगायत साविक वडा नं. ७,८ र ९ का व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2022 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!