पर्वतको खौलालाकुरीका ४२ वर्षिय युवाको कोरोना संक्रमणवाट मृत्यु - News site from Nepal

पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. १३ खौलालाकुरीमा एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
खौलालाकुरीका ४२ वर्षिय युवाको आज विहान सवा ५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको हो ।
उहाँमा वैशाख २१ गते कोभिड संक्रमण पुष्टि भएको थियो । उहाँलाई कोभिड निमोनियाको समेत समस्या रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सँगै पर्वतमा कोरोनावाट मृतकको संख्या १० पुगेको छ ।
गण्डकी प्रदेशमा आजमात्रै ११ जनाको मृत्यु भएको छ ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!