पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा नेकपा एमालेको वडा अधिवशेन सम्पन्न भएको छ । अधिवेशनले ढाकाराम सापकोटाको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।
कमिटिको उपाध्यक्षमा गुमा गौतम, सचिबमा भरत सुवेदी उपाध्याय उपसचिबमा मिलन पौडेल र युगनाथ पौडेल रहनुभएको छ । बाँकी सवै वडा सदस्यहरुपनि सर्वसम्मत रुपमा चयन भएका हुन् । गत कात्तिक ६ गतेनै वडा अधिवेशन उद्घाटन भएपनि आकांक्षीहरुबीच सहमति नभएपछि आजमात्र टुंगो लगाईएको हो ।
नवनिर्वाचित कार्यसमितिलाई आजै सपथ ग्रहण समेत गराईएको छ । नेकपा एमालेका जिल्ला सदस्य ख्याम लामिछानेले सपथ ग्रहण गराउनुभएको हो । कार्यक्रममा नेकपा एमाले नगर कमिटिका उपाध्यक्ष किशोर सापकोटा, वडा अध्यक्ष राजेन्द्र पौडेल लगायतले बोल्नुभएको थियो ।






