पर्वतमा नेकपा एमालेको समानन्तर कमिटिको अध्यक्षमा कुँवर र सचिबमा शर्मा - News site from Nepal

पर्वत- नेकपा एमालेले ६ महिनाका लागि निलम्वन गरेपछि समानन्तर गतिविधि गर्दै आएका माधमकुमार नेपालले विभिन्न जिल्लामा एमालेको समानन्तर कमिटि गठन गर्न शुरु गरेका छन् ।
यसै सन्दर्भमा बिहीवार पोखरामा भएको भेलाले गण्डकी प्रदेशका विभिन्न जिल्लामा अध्यक्ष र सचिब तोकेको छ । पर्वतमा भक्त कुँवरलाई अध्यक्ष पदको जिम्मेवारी तोकिएको छ भने पदमपाणी शर्मालाई सचिब तोकिएको हो । कुँवर साविकको एमाले जिल्ला कमिटिमा उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो भने शर्मा सचिब रहनुभएको थियो । अध्यक्ष कुँवर यस अघि नेकपा विभाजित नहुँदै प्रचण्ड माधव समुहको समेत अध्यक्ष बन्नुभएको थियो भने शर्मा नेकपा हुँदा कार्यालय सदस्य तथा हाल फलेवास नगरपालिकाको नगरप्रमुख हुनुहुन्छ ।

पार्टीको केन्द्रीय निर्देशन अनुसार जिल्लामा समानन्तर गतिविधिहरु संचालन गरिने सचिब पदमपाणी शर्माले बताउनुभयो । पार्टी फुटेर कुनै अर्थ नहँुने बताउँदै नेकपा एमालेलाई साविककै अवस्थामा फर्काउनका लागि पहल गरिने उहाँको भनाई रहेको छ ।
पार्टी फुटाउनका लागि नभई जुटाएर एकढिक्का बनाउन पहल गरिने अध्यक्ष कुँवरको भनाई रहेको छ ।
यसैगरी म्याग्दीमा अध्यक्ष बालकृष्ण सुवेदी, बागलुङमा इन्द्रलाल सापकोटा अध्यक्ष र लालबहादुर थापा सचिव, पर्वतमा भक्त कुँवर अध्यक्ष र पदमपाणी शर्मा सचिव, तनहुँमा शंकनारायण क्षेष्ठ अध्यक्ष र श्रीराम कार्की सचिव रहेका छन् भने गोरखामा यादव बस्नेत अध्यक्ष र सानोमाया बस्नेत सचिव रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!