पर्वत- नेकपा माअोवादी केन्द्र पर्वतले जिल्लाका ६ वटा स्थानीय तहमा बुधवार एकैपटक पुणर् वैठक सम्पन्न गरेको छ ।
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काएपछि जिल्लाको महाशिला गाउँपालिका बाहेक सवै स्थानीय तहमा एकैपटक पुणर् वैठक तथा छलफल गरेको हो ।
वैठकमा माओवादी केन्द्रलाई शसक्त पार्टी बनाउन र नयाँ संरचनाका साथ बृहद कम्युनिष्ट एकताको मार्गमा अगाडि बढाउने निणर्य गरिएको छ । नेकपा माओवादी केन्द्रलाई २०६४ सालकै अवस्थामा फर्काउनका लागि सम्पुणर् नेता तथा कार्यकर्ताहरु एकजुट भएर लाग्ने र प्रत्येक जनवर्गिय संगठन तथा पार्टीका सवै वडा कमिटि वैठक बस्ने गरी कार्ययोजना समेत बनाईएको माअोवादी केन्द्र पर्वतका सचिबालय सदस्य तथा कुश्मा नगरकमिटिका अध्यक्ष शंकर गिरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार माओवादी केन्द्रलाई मुलुककै ठुलो कम्युनिष्ट पार्टी बनाउन छरिएर रहेका कम्युनिष्ट शक्तिहरुलाई एकतावद्ध गर्ने र यसका लागि तल्लो तहदेखिनै शुरुवात गर्नेगरी कार्ययोजना बनाउने विषयमा समेत सवै वैठकहरुमा छलफल प्रारम्भ गरिएको छ । कुश्मा नगरकमिटिले आयोजना गरेको वैठकमा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य केशव कुँवर सिर्जनशिल, जलजला गाउँपालिका सुदिप कुँवर, मोदी गाउँपालिकामा केन्द्रीय सदस्य गुप्तबहादुर हमाल, फलेवास नगरपालिकामा प्रदेश कमिटि सदस्य मनरुपा शर्मा, विहादी गाउँपालिकामा विहादी गगन थापा र पैंयु गाउँपालिकामा संविधानसभा सदस्य गुणाखर बस्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो ।
सवै पालिकामा पालिका स्तरीय कार्यालय समेत संचालनमा ल्याईएको नेता गिरीले जानकारी दिनुभयो ।