युवा संघ पर्वतद्धारा गरिब र मजदुरलाई खाद्यन्न वितरण - News site from Nepal
युवा संघ पर्वतद्धारा गरिब र मजदुरलाई खाद्यन्न वितरण

पर्वत –  राष्ट्रिय युवा संघ पर्वतले गरिब, विपन्न र मजदुरलाई खाद्यन्न वितरण गरेको छ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले लकडाउनका कारण ज्यालादारी गर्न नपाएका श्रमिक मजदुरहरुको जीविका पार्जनका लागि खाद्यन्न वितरण गरेको हो ।

कुश्माबजारमा रहेका ज्यालामजदुरी गर्ने दुई दर्जनभन्दा बढीलाई चामाल,दाल, तेल, नून वितरण गरेको हो । युवा संघ पर्वतले मुस्लिम समुदायमा रहेका विपन्न परिवार, जिल्लाबाहिरका पर्वतमा मजदुरी गरेर खाने मजदुरलाई खाद्यन्न वितरण गरेको हो ।

मुस्लिम सेवा समाजको लागि एकमुष्ट रुपमा ४ बोरा चामल,कुश्मा ज्याला मजदुरी गर्ने समशुल हक मिया,मिठु सुवेदी,र भगवती कुमालको परिवारलाइ एक एक बोरा चामल नुन तेल र दाल प्रदान गरेको हो । नमुना आबासिय माबी कुश्माले उक्त सामग्रीहरु उपलब्ध गराएको थियो भने युवा संघ पर्वतका संस्थापक अध्यक्ष मेघनाथ सुवेदी,नमुना आबासिय माबिका संचालक यमप्रसाद शर्माको उपस्थितिमा सो सामग्री हस्तान्तरण गरेको हो ।

युवासंघले स्याङ्जा बाट कुश्मा आएर ज्याला मजदुरी गर्ने मनोज जिटि को ३ जनाको परिवारलाई १५ केजि चामल नुन तेल र दाल,म्याग्दी बाट आएर कुश्मा मा ज्याला मजदुरी गर्ने टेक बहादुर बिकको ६ जनाको परिवारलाइ ३० केजि चामल नुन तेल दाल प्रदान गरेको छ ।

नेकपा कुश्मा नगर कमिटी सचिब मिनप्रसाद श्रेष्ठ ,नेकपा कुश्मा नपा ५ का अध्यक्ष भिमप्रसाद श्रेष्ठ र नेपाल तरुण दल कुश्मा नगर कमिटी अध्यक्ष सुबर्ण अर्यालले वितरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!