भीम रावललाई मथ्थर पार्ने ओलीको प्रयास - News site from Nepal
भीम रावललाई मथ्थर पार्ने ओलीको प्रयास

काठमाडौं : अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा निरन्तर उभिएका स्थायी कमिटी सदस्य भीम रावललाई मत्थर पार्ने कोसिस भएको छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहालले उनलाई भेटेरै एमसिसीबारे मौन बसिदिन आग्रह गरेका छन्।  प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा दाहालले रावललाई बोलाएर त्यसबारे छलफल गरेका थिए भन्ने खबर नागरिक दैनिकमा छ। तर रावलले आफू प्रमाणबिना नबोल्ने भएकाले यो विषयमा जहाँ र जस्तो ठाउँमा पनि धारणा राख्न सक्ने बताएका थिए।
स्रोतका अनुसार केन्द्रीय कमिटीको बैठक सुरु हुनुअघि पार्टी काममा अछाम रहेका रावललाई पार्टी अध्यक्ष दाहालले निरन्तर फोन गरेर काठमाडौ बोलाएका थिए। १४ गते साँझ काठमाडौं आउने तयारीमा रहेका रावल अध्यक्ष दाहालको निरन्तर फोनका कारण १२ गते साँझ नै काठमाडौं आएका थिए। काठमाडौं आएपछि सुरुमै उनले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरे। त्यसपछि दाहालसँग भेटेर उनले आफ्ना कुरा राखेका थिए।
उनले केन्द्रीय कमिटीको बैठकमा एमसिसीलाई छलफलको एजेन्डा बनाउन अध्यक्ष दाहाललाई आग्रह गरेका थिए। तर १५ गतेको बैठकको एजेन्डामा एमसिसी नदेखेपछि हलबाट उठेर उनले एजेन्डा मागे गरे। सोहीअनुसार अहिले केन्द्रीय कमिटीको बैठकमा एमसिसीमाथि बहस भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!