पर्वत आईपुगे कोरोना उपचारका सामाग्री, अब सहज हुँदै - News site from Nepal
पर्वत आईपुगे कोरोना उपचारका सामाग्री, अब सहज हुँदै

पर्वत । कोरोना उपचारका लागि आवश्यक सुरक्षा कबजका सामाग्रीहरु पर्वत अस्पतालमा आइपुगेका छन । पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार ५० थान पिपिइका सामाग्रीहरु पर्वत आइपुगेका हुन ।

प्रर्सनलल प्रोटेक्ट इक्यूमेण्टका ५० थान सामाग्री पर्वत आएको डा. देवकोटाले जानकारी दिए । संक्रमणको सम्भावना भएकाहरुको स्वाब परिक्षणका लागि ¥याल निकाल्नका लागि पिपिइको अभाव हुँदै आएको थियो ।

संक्रमणको सम्भावना भएको कोरोना अस्पतालमा भर्ना भएकाहरुलाई उपचार गर्न समेत सुरक्षणका साधन नहु्ँदा चिकित्सकले समस्या वेहोर्दै आइरहेका थिए ।

५० थान पिपिइ यथेष्ट नभए पनि हालका लागि केहि राहत मिलेको चिकित्सकहरुको भनाई छ ।

कोरोना अस्पतालका लागि बाँकी इक्यूमेण्टहरुको भने अभाव रहदै आएको छ । भेन्टिलेटर खरिद प्रक्रिया रोखिएको छ ।

अक्सिजन र अरु सामग्रीहरु समेत खरिद गर्न आर्थिक समस्या परेको बताइन्छ । स्थानीय तहहरुले यथेष्ट रकम विनियोजन गर्न नसक्दा कोरोना अस्पताललाई सुविधासम्पन्न बनाउन समस्या भइरहेको चिकित्सकहरु बताउँछन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!