पर्वतको जलजलामा २८ वेडको क्वारेन्टाईन तयार, बाहिरवाट आउनेलाई सिँधै क्वारेन्टाईनमा राखिने - News site from Nepal

पर्वत-  जलजला गाउपालिकाको सबै स्वास्थ्य चौकीमा क्वारेन्टाइन बनाईएको छ । गाउँपालिका भित्रका ७ वटा स्वास्थ्य चौकीमा ४÷४ वटाका दरले क्वारेन्टाइन बनाईएको हो । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि विदेशबाट हालै आएका र शंका गरिएका बिरामीहरुलाई राख्नका लागि क्वारेन्टाइन बनाइएको हो ।

विदेशबाट आएका ३६ जनालाई क्वारेन्टाइनमा राख्ने कार्यपालिकाका प्रवक्ता देविन्द्र भण्डारी (रवी)ले जानकारी दिनुभयो । उहाँका अनुसार ३ न वडामा विदेशबाट आएका ३ जनालाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको र उनीहरुले कुनै लक्षण देखिएको छैन ।

बाँसखर्क, मल्लाज, लेकफाँट, शालीजा, धाइरीङ, नाग्लीवाङ र बनौको स्वास्थ्य चौकीमा बनाइएको क्वारेन्टाइनमा विदेशबाट आएकाहरुलाई राखिने गाउपालिकाले जनाएको छ । चैत १ गतेदेखि यता भारत, खाडी र युरोपका विभिन्न मुलुकबाट आएकाहरुलाई आएको मितिदेखि १५ दिन पुग्ने गरी क्वारेन्टाइनमा राखिने भएको छ ।

स्वास्थ्यमा समस्या देखिए निशूल्क एम्बुलेन्स सेवा र उपचारको व्यवस्था मिलाउने गाउपालिकाले निर्णय गरेको छ । वडा कार्यालय मार्फत विदेशबाट फर्कीएका ३६ जनाको लगत संकलन भएको छ । भण्डारीका अनुसार कुनै पनी व्यक्तीलाई खाद्यान्न अभाव भएमा गाउँपालिकामा सम्र्पक गर्न समेत आग्रह गर्नुभएको छ । उहाँले अनुसार विपन्न परिवारले खाद्यान्नको अभाव भएको खबर गर्नसाथ हामी खाद्यान्न लिएर पुग्छौँ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!