पर्वतको लुंखुदेउरालीलाई बालमैत्री वडा घोषणा गर्ने तयारी तीब्र, हरियाली, सुन्दर र आधारभुत विद्यालय घोषणा - News site from Nepal

पर्वत– पर्वत जिल्लाको महाशिला गाउँपालिका वडा न ५ लुंखु देउरालीलाई बालमैत्री घोषणा गर्ने अभियान तीब्र पारिएको छ ।
आगामी वैशाख १५ गते भित्र बालमैत्री वडा घोषणा गर्ने योजना अनुरुप अहिले टोल तथा बस्तीहरुमा पुगेर तयारी तीब्र पारिएको गाउँपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष जीवन विक्रम उच्चैले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रवार लुंखुदेउराली अन्तर्गत हरियाली टोल र सुन्दर शान्त टोल बुद्ध आधारभुत बिधालय बालमैत्री घोषणा भएको छ । प्रवक्ता उच्चैले बालबालिकाको अधिकार सुनिश्चित गर्नका लागि वडा सक्रिय भएर लागेको बताउनुभयो ।
उहाँले सिंगो गाउँपालिकालाई नै बालमैत्री पालिका घोषणा गर्ने तयारी भएको समेत बताउनुभयो । कार्यक्रम हरियाली टोल बिकास संस्थाको अध्यक्ष बलबहादुर हमालको अध्यक्षता स्वागत बिधालयका प्रअ सरस्वती उचैले गर्नुभएको थियो । कार्यक्रममा नेकपा अध्यक्ष टीकु मल्ल, नेपाली काँग्रेसका चन्द्रबहादुर मल्ल, महेन्द्रज्योती माविका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष एक बहादुर हमाल, प्रद्यानाध्यापक गोपाल प्रसाद अधिकारी टोलबासी लाई सपथ ग्रहण समेत गराईएको थियो ।
सो अवसरमा बालमैत्री वडा घोषणाका लागि आवश्यक ३९ वटा सुचक को बारेमा जानकारी गराईएको थियो । ुसो अवसरमा स्थानीयले बाजागाजा नाच गान साँस्कृतिक कार्यक्रम सम्पन्न गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!