पर्वत महोत्सवमा छेलो प्रतियोगिताको उपाधि हमाललाई, भलिवल प्रतियोगितामा आज पनि तीन खेल सम्पन्न, - News site from Nepal

पर्बत /पर्वतको कुश्मामा भैरहेको पर्वत महोत्सवको अबसरमा आयोजित अन्तर नगर स्तरिय भलिबल प्रतियोगितामा बुुधबार पनि लिग चरणका खेलहरु सम्पन भएका छन । आज पनि तिन वटा समुह बिच प्रतिस्पर्धा भएको थियो । अन्तर नगर स्तरिय भलिवल प्रतियोगिता अन्र्तगत भएको पहिलो खेल महाशिला गाउँपालिका र बिहादी गाउँपालिका बिच भएको थियो । जसमा महाशिला बिजयी भएको छ । त्यस लगत्तै भएको दोस्रो खेल जैमुनि नगरपालिका र आयोजक उद्योग बाणिज्य संघ बिच भएको हो । जसमा जैमुनि बिजयी भएको छ । त्यस्तै तेस्रो खेल फलेबास नगरपालिका र गलकोट नगरपालिका बिच भएको थियो । जसमा गलकोटे जित आफ्नो कोल्टामा पारेको भलिबल खेलका सह संयोजक अर्जुन निर्जन पौडेलले जानकारी दिनुभयो ।
भने भोली बिहिबार पनि तिन समुह बिच प्रतिस्पर्धा हुने भएको छ । पहिलो खेल जैमुनि नगरपालिका र बिहादी गाउँपालिका बिच हुनेछ ।भने दास्रो खेल गलकोट नगरपालिका र जलजला गाउँपालिका बिच हुनेछ । त्यस्तै तेस्रो खेल पैयु गाउँपालिका र बिहादी गाउँपालिका बिच हुने आयोजकले जानकारी गराएको छ ।

बुधबारनै छेलो हान्ने प्रतियोगिता पनि सम्पन्न भएको छ । उक्त प्रतियोगितामा जम्मा १५ जनाको सहभागिता रहेको थियो । जसमा राजेन्द्र हमाल बिजयी भएको पौडेलले  जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!