
पर्बत, माघ १४ /पर्वतको कुश्मामा भैरहेको पर्वत महोत्सवको अबसरमा आयोजित अन्तर नगर स्तरिय भलिबल प्रतियोगितामा मंगलबार पनि लिग चरणका खेलहरु भएका छन । पर्वत महोत्सबको अवसरमा आयोजित प्रतियोगितामा आज तीन वटा समुह बिच प्रतिस्पर्धा भएको छ । अन्तर नगर स्तरिय भलिवल प्रतियोगितामा गलकोट नगरपालिका र मोदी गाउँपालिका बिच भएको पहिलो खेलमा मोदी गाउँपालिका बिजयी भएको छ । त्यस लगत्तै भएको दोस्रो खेलमा जैमुनि नगरपालिका र महाशिला गाउँपालिका बिच प्रतिस्पर्धा भएको थियो । जसमा महाशिला गाउँपालिकाले बिजयी आफ्नो कोल्टामा पारेको थियो । आजै भएको तेस्रो खेल मोदी गाउँपालिका र जलजला गाउँपालिका बिच भएको थियो जुन खेलमा मोदी गाउँपालिका बिजयी बनेको हो ।
यस्तै भोली बुधबार पनि तीन वटा समुह बिच प्रतिस्पर्धा हुनेछ । जसमा पहिलो खेल महाशिला गाउँपालिका र बिहादी गाउँपालिका बिच प्रतिस्पर्धा हुनेछ । त्यस्तै दोस्रो खेल जैमुनि नगरपालिका र उद्योग बाणिज्य संघ बिच हुनेछ भने तेस्रो खेल गलकोट नगरपालिका र फलेबास नगरपालिका बिच हुने आयोजकले जनाएको छ ।