नेकपाको ‘शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम’ स्थगित - News site from Nepal
नेकपाको ‘शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम’ स्थगित

काठमाडौँ — सत्तारुढ नेकपाले दसैंका अवसरमा आयोजना गर्दै आएको ‘शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम’ स्थगित गरेको छ ।
कोरोना भाइरसको संक्रमण फैलँदो क्रममा रहेको र सरकारले भीडभाड नगर्न भनेर गरेको आग्रहअनुसार चियापान कार्यक्रम स्थगित गरिएको नेकपाले जनाएको छ ।
नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले मंगलबार एक विज्ञप्ति जारी गर्दै शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन् ।
‘हाम्रो पार्टीले नेपालीहरूका यी चाडपर्व (बडादसैं, तिहार, नेपाल सम्वत्, छठ लगायत)हरूका अवसरमा विगत वर्षहरूमा आयोजना गर्दै आइरहेको शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम कोभिड-१९ महामारीका कारण यसवर्ष स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि चाडपर्वका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम यसअघि नै स्थगित गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!