पर्वतमा विदेशवाट आएका एक सय ८२ सम्पर्कमा, सवै होम क्वारेन्टाईनमा - News site from Nepal

पर्वत ः विदेशबाट नेपाल फर्किएकाहरुमा कोरोना भाईरसको संक्रमण देखिन थालेपछि पर्वतमा सवै पक्षबाट विदेशबाट फर्किएकाहरुको खोजी कार्य शुरु गरिएको छ ।
कोरोना संक्रमित देशवाट फर्केकाहरुको खोजी कार्यलाई तीब्र पारिएको हो । जिल्लाका सातवटै स्थानीय तह र ६१ वटै वडामा वैदेशिक रोजगारीवाट चैत १ गतेदेखि हालम्म आएकाहरुको खोजी कार्य शुरु गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपालले बताउनुभयो । उहाँका अनुसार हालसम्म १ सय ८२ जना सम्पर्कमा आएका छन् ।
जिल्लाको महाशीला गाउँपालिकाबाट १५ जना, विहादी गाउँपालिकामा ३८ जना, कुश्मा नगरपालिकामा ३९ जना, मोदी गाउँपालिकामा १० जना, जलजला गाउँपालिकामा २९ जना र फलेवास नगरपालिकाबाट ६१ जना विदेशवाट फर्किएका भेटिएका हुन् । विदेशवाट फर्किएकाहरुमा अधिकांश छिमेकी मुलुक भारतवाट फर्किएका छन् भने त्यस वाहेक दक्षिण कोरिया, बेलायत, जापान, बेल्जियम, कतार, साउदी, दुवै, ओमन र दक्षिण अफ्रिका बाट आएका रहेका छन् ।
उनिहरुलाई प्रत्येक वडा कार्यालयले होम क्वारेन्टाईनमा बस्न आग्रह गरेका छन् । भने प्रत्येकको घरमा स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य परिक्षण गरिएको महाशीला गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चै ठकुरीले जानकारी दिनुभयो ।
विदेशवाट फर्किएकाहरुमा अहिलेसम्म कोरोनाको कुनैपनि लक्षण नदेखिएपनि उनिहरुलाई घरमै पुगेर सुरक्षितसाथ बस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपालले बताउनुभयो ।
यसैबीच बिहीवार बसेको जिल्ला सुरक्षा समितिको वैठकले समग्र शान्ति सुरक्षा, आपुर्ति, स्वास्थ्य सुरक्षालाई प्रभावकारी बनाउन कमाण्ड पोष्ट गठन गरेको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा निकायका प्रमुखहरु, स्वास्थ्य कार्यालयका प्रमुख, जिल्ला अस्पतालका प्रमुख, सवै स्थानीय तहका स्वास्थ्य संयोजक र पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष रहेको कमाण्ड पोष्ट गठन गरिएको हो ।
वैठकले विदेशवाट फर्किएकाहरुको विवरण संकलन गर्ने र उनिहरुको अवस्था हेरी आवश्यकता अनुसार क्वारेन्टाईन वा आईसोलेशन वार्डमा राख्न सम्वन्धित स्थानीय तहसँग सहकार्य गर्ने निर्णय गरेको छ । त्यस्तै चैत ११ गतेदेखि जारी लक डाउनलाई अझै प्रभवाकारी बनाउन निर्णय समेत वैठकले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!