पर्वतको खुर्कोटकी मृगौला पिडित महिलालाई प्रवासीद्धारा आर्थिक सहयोग प्रदान - News site from Nepal

पर्वत– पर्वतको कुस्मा नगरपालिका वडा नं. २ खुर्कोट निवासी दुवै मृगौला पीडित २२ वर्षिय सुस्मिता परियारलाई उपचारका लागि प्रवासिहरुले आर्थिक सहयोग गरेका छन् ।
प्रवासी युवाहरुले संकलन गरि पठाएको नगद रु १ लाख १५ हजार रकम नेपाल कम्युनिष्ट पार्टी नेकपा कुस्मा नगर कमिटिका अध्यक्ष शंकर गिरीले बिहीवार एक कार्यक्रमका विच पिडितलाई हस्तान्तरण गर्नुभएको छ । कुनपा–२ खुर्कोट स्थित गणेश्वर प्राथामिक विधालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी उक्त रकम हस्ताान्त्रण गर्नुभएको हो ।
सो रकम साउदी अरवमा रहेका प्रवासी हिम वाहदुर क्षेत्रीको पहलमा वेनीवाट मनवहादुर पुन मगर, पोखराका भोज वहादुर गुरुङ, वुटवलका रमेश लगाएतले संकलन गर्नुभएको हो ।
रकम हस्तान्त्रण गर्दै गिरीले प्रदेशी भुमिमा पसिना वगाएर पनि आफ्नो गाउँ ठाउँमा रहेका दिन दुखी गरिव परिवार लाई गरेको आर्थिक सहयोग निकै सह्रानिय रहेको वताए ।
गिरीले पीडितको घाउमा थोरै भएपनी प्रदेशीहरुले गरेको सहयोग पीडाको घाउमा थोरै भएपनी मल्हम हुने भन्दै पीडित लाई सक्दो सहयोग गर्न सवै लाई आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा जिल्ला सचिवालय सदस्य मिन राज के.सी अविरल कु.न.पा २ खुर्कोटका अध्यक्ष कृष्ण प्रसाद शर्मा, स्थानीय युवा समाजसेवी क्षेत्रवाहदुर क्षेत्री लगायतले सहयोग हस्तान्तरण गरेका थिए ।
सोहि कार्यक्रममा विधुत प्राधिकरण प्रमुख ललित नारयण चौधरीले रु २ हजार, स्थानिय गिता पुरी रु १ हजार १०, शिव पुरीले १५ सय, रुपा पुरी १ हजार, डिलमाया रेग्मीले रु १५ सय, टिका कुमारी पुरीले १ हजार, लक्ष्मी पुरीले ५ सय, सिता देवीले रु १ हजार, कृष्ण वहादुर क्षेत्रीले रु १ हजार, शुसिला गिरीले रु १५ सय, लक्ष्मण गिरीले १२ सय, नरवती पुरीले रु १५ सय, भागिरथ पौडेलले रु १ हजार रुपैयां सोही कार्यक्रममा हस्तान्तरण गरेका थिए । कार्यक्रममा पींडित परिवारसंगै श्रीमान शंकर परियार, शसुरा विके दर्जी लगाएत अन्य स्थानियहरुको उपस्थिति रहेको थियो । पींडितलाई सहयोग गर्न ईच्छुकले स्थानिय क्षेत्र वहादुर क्षेत्रीको मोवाईल नम्वर ९८४७६०८९५६ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!