पर्वतवासीलाई खुसीको खबर ! पर्वत अस्पतालमा छाला रोग विशेषज्ञवाट उपचार शुरु - News site from Nepal

पर्वत– पर्वत जिल्ला अस्पतालमा बिशेषज्ञ डाक्टरको दरबन्दी नभए पनि बिशेषज्ञबाट उपचार गराउनका लागि बिशेषज्ञ सेवा शुरु गरेको छ ।
गण्डकी मेडिकल कलेज पोखरासंग सहकार्य गरि हरेक महिना बिशेषज्ञबाट सेवा दिन शुरु गरेको हो ।
हरेक रोगका बिशेषज्ञहरुले एक महिना अस्पतालमा बसेर सेवा दिने ब्यबस्था मिलाइएको छ । पर्वत अस्पतालले आफनो सेवा विस्तार गर्ने क्रममा फागुन १४ देखि चैत्रको दोस्रो साता सम्म छाला रोग विशेषज्ञबाट उपचार गर्न पाईने व्यवस्था मिलाएको छ ।
गण्डकी मेडिकल कलेजमा एमडी अध्ययन सकेका बिशेषज्ञहरुलाई इन्र्टनसिप संगै जिल्ला अस्पतालमा पनि सेवा गर्ने गरि सम्झौता भएको पर्वत अस्पतालका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिनुभयो । उहांका अनुसार छाला रोग विशेषज्ञ फागुन १४ गतेदेखि आगामी चैत्र १० गतेसम्म पर्वत अस्पतालमा उपलब्ध हुने गरि व्यवस्था मिलाइएको छ ।
यसरी आउने बिशेषज्ञलाई आवास र खानाको ब्यबस्था अस्पतालले ब्यहोर्ने गरि सम्झौता भएको उहाँले बताउनुभयो । ‘पर्वत अस्पतालमा एमडी सकेका बिशेषज्ञ डाक्टर नरहेको अबस्थामा हरेक महिना बिशेषज्ञबाट समेत सेवा दिने भएकाले बिरामीको उपचारमा सहयोग पुग्ने बिश्वास लिइएको छ’ अध्यक्ष पहाडीले भन्नुभयो‘गण्डकी प्रदेशमा नै नयाँ अवाधारणाको रुपमा हामीले सेवा प्रवाह बढाएका हौ’ यसपछि स्त्री रोग, हाड जोर्नी, बालरोग, नाक कान घांटी लगायत अन्य सेवाहरु क्रमश मासिक रुपमा दिदै जाने योजना पर्वत अस्पतालले जनाएको छ ।
पर्वत अस्पतालमा यस अघि मानसिक रोगको उपचार सेवा शुरु भएको छ । पर्वत अस्पताल र गण्डकी मेडिकल कलेज पोखराबीच द्धिपक्षीय सम्झौता गरि महिनामा तीन दिन मानसिक रोगको उपचार गर्ने गरि सेवा शुरु भएको छ । विशेषज्ञ डाक्टर सहित प्रत्येक महिनाको १०, २० र महिनाको अन्तिम दिन सेवा संचालन गरिने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!