
पर्बत–जिफन्ट अभियान अन्र्तरगत पर्बत, बागलुङ र म्यााग्दीका अगुबा कार्यक्रताहरुको भेला सोमबार कुश्मा बजारमा सम्पन्न भएको छ । भेलामा आयोजित अगुवा कार्यकर्ताहरुले श्रम ऐन र सामाजिक सुरक्षा योजना कार्यान्वयनमा सरकार फितलो भएको गुनासो गरेको छन् ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेशकोे आयोजनामा सोमबार कुश्मामा सम्पन्न भेलाका सहभागीहरुले कार्यान्वयन पक्षमा सरकार फितलो भएको गुनासो गरेका हुन् । विभिन्न क्षेत्रमा कार्यरत मजदुरले अहिले तोकिएको न्यूनतम ज्यालाले जीवनयापन गर्नै मुस्किल भएको भन्दै समयसापेक्ष बनाउन माग गरेका छन् । क्षमता अनुसारको काम र आवश्यकता अनुसारको दामको ग्यारेन्टी नहुँदा मजदुरले मुस्किलले गुजारा चलाउनुपरेको गुनासो भेलामा सहभागिहरुले गरेका हुन ।
कार्यक्रममा बोल्दै जिफन्ट महासचिब जनक चौधरीले समृद्ध नेपाल सुखि नेपाली बन्नको लागि पहिले मजदुरहरुको समृद्धि जरुरी रहेको बताउनुभयो । उहाँले समृद्धिका नारा सार्थक बनाउनका लागि पनि समयसापेक्ष तलव सुविधा तोकिनुपर्नेमा जोड दिनुभयो । जीउन मिल्ने गरी र पुग्ने गरी तलव सुविधा नपाएकै कारण युवाहरु विदेशिन बाध्य भएको बताउँदै चौधरीले मजदुरहरुको सामाजिक सुरक्षा र श्रम ऐनको कार्यान्वयन नै अहिलेको प्राथमिकता रहेको बताउनुभयो । उहाँले समयसापेक्ष तलव सुविधान नहुने हो भने समृद्धिको नारा कहिल्यै साकार नहुने प्रष्ट पार्नुभयो ।
सो अवसरमा बोल्दै नेपपा जिल्ला कमिटि सदस्य ख्यामराज लामिछानेले श्रमको उचित सम्मान हुन नसकेको गुनासो गर्दै श्रमको सम्मान नभएसम्म मुलुकको पनि समृद्धि सम्भव नरहेको बताउनुभयो । भेलामा जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्र बहादुर खत्री, जिफन्ट गण्डकी प्रदेश उपाध्यक्ष नन्दलाल अधिकारी, जिफण्ट गण्डकी प्रदेश सचिव लिला बहादुर कार्की लगायतले सचेत, जागरुक र सक्षम मजदुरहरु नै देशका मेरुदण्ड रहेको बताउँदै सायसापेक्षा सेवा सुविधा जरुरी रहेको बताएका थिए जिफन्ट कुश्मा नगर कमिटी अध्यक्ष खगेश्वरी शमौको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्युपेक नेपालका केन्द्रिय सदस्य बल देवि राइले गर्नुभएको थियो ।