पर्वत-  लोकतन्त्रमा आस्थावान पशु स्वास्थ्य सेवा क्षेत्रमा क्रियाशिल प्राविधिकहरुको साझा संस्था नेपाल पशु स्वाथ्य सेवा प्राविधिक संघ पर्वतको दोस्रो अधिवेशन सम्पन्न भएको छ । ‘लोकतान्त्रिक नेपालमा पशु स्वास्थ्य सेवा प्राविधिकहरुको पहिचान, व्यावसायिक पशुपालनमा नेल्टाको अभियान’ भन्ने मुल नाराका साथ पर्वतको कुश्मामा सम्पन्न भएको अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ ।

समितिको अध्यक्षमा  दिपक गुरुङ, उपाध्याक्षमा ऋषिराम चपागाई, सचिवमा सुदर्शन सुवेदी, सहसचिवमा नारयाणप्रसाद आचार्य, कोषाध्याक्षमा सुशिला गौडेल चयन हुनुभएको छ । त्यस्तै  सदस्यहरुमा सुदिप काफ्ले , भोजराज रेग्मी र इन्द्रप्रसाद सापकोटा चयन हुनुभएको छ । अधिवेशनले महाधिवेशन प्रतिनिधी मित्रलाल सापकोटा, विमलप्रसाद शर्मा र हेमप्रसाद भुर्तेल चयन गरेको जनाएको छ ।

साथै उक्त समारोहमा जिल्ला ३ जना उत्कृष्ठ पशुपालक कृषकलाई सम्मान गरिएको छ । नेल्टाले कुश्मा नगरपालिका–२ खुर्कोटका नारायणप्रसाद सुवेदी, कटुवाचौपारीका दया शर्मा र आर्थरका मनोज पौडेललाई सम्मान गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गदै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रदसाद जोशीले पशुपालन व्यवसाय मुलुकको समृद्धिसँग जोड्एिको बताउनु भयो । पछिल्लो समय युवाहरु पशुपालन व्यवसाय तर्फ आकर्षित भएको बताउँदै नेता जोशीले सरकारले युवाहरुलाई बिना व्याज  ऋणा सहायता उपलव्ध गराउनुपर्नेमा जोड् दिनुभयो । देशमा पशु उत्पादनमा बृद्धि गरी दुध, माछा, मासुमा आत्मनिभरताका लागि पशु प्राविधिकहरुको ठुलो भूमिका रहेको चर्चा गदै पशु प्राविधिकहरुको हक अधिकारका लागि क्रियाशिल रहने प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा नेपाली काँग्रेसका सभापति खिमप्रदसाद भुषाल,नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघका केन्द्रिय अध्यक्ष जनकराज रावल, नेपाली काँग्रेस पर्वतका कोषाध्याक्ष यामवहादुर मल्ल‘रामकृष्ण’, कुश्मा नगरपालिकाकी उपमेयर सिताकाफ्ले लामिछाने, नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रिय उपाध्याक्ष एवम् गण्डकी प्रदेशका संयोजक शिव शर्मा अधिकारी, पशु सेवा विज्ञ केन्द्र बागलुङका प्रमुख एवम् बरिष्ठ पशु विकास अिधकृत शम्भुराज पाण्डे, नेपाल कर्मचारीहरुको आधिकारी टे«डयुनियन बागलुङका उपाध्इाक्ष दुर्गाप्रसाद शर्मा, निजामती कर्मचारी युनियन संघ पर्वतका अध्यक्ष यामप्रदसाद शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो ।

नेपाल पशु स्वाथ्य सेवा प्राविधिक संघ पर्वतका अध्यक्ष मित्रलाल सापकोटाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य नेल्टाका केन्द्रिय सदस्य डिल्लीराम रेग्मी र कार्यक्रम नेल्टाका केन्द्रिय उपाध्याक्ष प्रताप पौडेलले गर्नुभएको थियो ।