पर्वत महोत्सवको अवसरमा संचालित निःशुल्क मुटु परिक्षण शिविरका चार सयको उपचार - News site from Nepal

पर्वत– पर्वत सदरमुकाम कुशमाबजारमा संचालित एक दिन निःशुल्क मुटु रोग परिक्षण शिविरमा चार सय भन्दा बढिको उपचार गरिएको छ ।
पर्वत अस्पतालको ३० औं स्थापना दिवस तथा छैटौं पर्वत महोत्सवको अवसर पारेर आयोजना गरिएको निःशुल्क मुटु शिविरमा ४०२ जना व्यक्तिले स्वास्थ्य लाभ लिएका हुन् । जस मध्ये १० जनाको मुटुको अपरेशन गर्नुपर्ने देखिएको छ । २१ जनाले फलोअपमा बस्नुपर्ने अवस्था भेटिएको बरिष्ठ मुटृुरोग विशेषज्ञ डा. अनिल भट्टराईले जानकारी दिनुभयो ।


सो अवसरमा निःशुल्क ईको, ईसिजि र निःशुल्क औषधीसमेत वितरण गरिएको थियो । परिक्षणका क्रममा शल्यक्रिया गर्नुपर्नेहरुका लागि विशेष छुटको व्यवस्था समेत मिलाईएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुल एण्ड ट्रान्सप्लान्ट सेन्टरका बरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले बिरामीहरुको परिक्षण गर्र्नुभएको हो । सेभ द हर्ट नामक संस्थाले अन्इ सहयोगहरु गरेको थियो ।
महोत्सवको अवसर पारेर संचालन गरिएको शिविरवाट पर्वत, बागलुङ, म्याग्दी, कास्की र स्याङ्जाका नागरिकहरुले लाभ लिएका हुन् । आर्थिक अभावका कारण लामो समयदेखि रोग पालेर बसेकाहरुलाई सहज भएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिनुभयो । उहाँका अनुसार शल्यक्रिया गर्नुपर्ने र फलोअप गर्नुपर्ने विरामीहरुलाई पनि अस्पतालले सहजीकरण गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!