कांग्रेस महाधिवेशन : गुटमा नै फुट, पार्टी नेतृत्वका लागि १० आकांक्षी - News site from Nepal

काठमाडौं –  नेपाली कांग्रेसभित्र आगामी १४औं महाधिवेशनमा पार्टी नेतृत्वका लागि १० जना आकांक्षी देखिएका छन् ।
कांग्रेसभित्र हाल कायम रहेको सभापति शेरबहादुर देउवा गुटबाट तीन, वरिष्ठ नेता रामचन्द्र पौडेल गुटबाट ६ र १३ औं महाधिवेशनबाट वैचारिक शक्तिका रूपमा उदाएको कृष्णप्रसाद सिटौला समूहबाट दुई नेताले पार्टी नेतृत्वका लागि आकांक्षा देखाएका हुन् । आकांक्षी बढेसँगै कांग्रेसभित्र हाल कायम गुट समेत फुट्ने देखिएको छ ।
संस्थापन मानिएको समूहबाट आगामी महाधिवेशनका लागि सभापति देउवा, उपसभापति विमलेन्द्र निधि र नेता गोपालमान श्रेष्ठले तयारी अघि बढाएका छन् । यसैगरी इतर समूहबाट वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला, नेता डा. शेखर कोइराला र अर्का नेता अर्जुननरसिंह केसीले तयारी गरिरहेका छन् ।
यसैगरी कांगेसभित्रको तेस्रो धारका रूपमा रहेको सिटौला समूहबाट नेता सिटौला र युवा नेता गगन थापाले पार्टी नेतृत्वका लागि तयारी गरिरहेका छन् ।
सभापति देउवाले पार्टी नेतृत्वका लागि पुनः एक पटक इच्छा देखाउँदै सोहीअनुसारको तयारीमा नेता कार्यकर्तालाई तयार गरिरहेका छन् भने गत सोमबार भएको एक भर्चुअल कार्यक्रममा समेत आउँदो निर्वाचनमा पार्टीलाई आफूले पहिलो बनाएरै छाड्ने भन्दै नेतृत्वका लागि संकेत गरेका छन् ।

यसैगरी, सो समूहबाट नेता गोपालमान श्रेष्ठले समेत आफू पनि सभापतिमा उठ्ने तयारी गरिरहेको बताउँदै आइरहेका छन् । उनले बुधबार राजधानीले गरेको प्रश्नमा समेत आफू सभापतिमा उठ्ने बताए ।

यसैगरी संस्थापन समूहकै नेता तथा उपसभापति विमलेन्द्र निधिले समेत आफूलाई पार्टी नेतृत्वका लागि दाबी अघि सारी सकेका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!