पर्वतका महिला उद्यमी मास्क र स्यानिटाईजर बोकेर कारागार देखि पाठाशाला, मस्जिद सम्म - News site from Nepal

पर्वत – पर्वत उद्योग बाणिज्य संघ अन्र्तगतको महिला उद्यमी समितिले मानिसको भीड हुने र संक्रमण फैलन सक्ने बिभिन्न स्थानहरुमा मास्क, सेनिटाईजर र साबुन बितरण गरेको छ ।
महिला उद्यमी समितिले पर्वत कारागार, कुस्मा नगरपालिकाको वडा नं ८ चुवाको दलित बस्ती, कुस्माको मस्जिद, मोदीबेणी स्थित बृद्धाश्रम र गुप्तेश्वर बेदबेदाङ्ग पाठशालामा सुरक्षा र सरसफाईका सामाग्री बितरण गरेको हो ।
समितिकी अध्यक्ष माया गिरीका अनुसार पर्वत कारागारका कैदीबन्दी, सुरक्षाकर्मी तथा सहयोगी कर्मचारी गरि १ सय ५० जनालाई मास्क, सेनिटाइजर र साबुन बितरण गरेको छ ।
यस्तै चुवाको दलित बस्तीमा २ सय जनालाई बितरण गरिएको छ भने गुप्तेश्वर बेदबेदाङ्ग पाठशालामा तथा मोदीबेणी बृद्धाश्रममा ५०÷५० का दरमा बितरण गरिएको छ । बड्गाउँको मस्जिदका लागि मुस्लिम सेवा समितिलाई १ सय थान मास्क, सेनिटाईजर र साबुन बाँडिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!