पर्वतको विद्युत् प्राधिकरणले म्यासेन्जरबाटै निवेदन लिने - News site from Nepal
पर्वतको विद्युत् प्राधिकरणले म्यासेन्जरबाटै निवेदन लिने

पर्वत / कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगिन नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रले अनलाइनबाटै सेवा प्रदान गर्नसुरु गरेको छ।

केन्द्रका प्रमुख ललितनारायण चौधरीका अनुसार विद्युतको महसुल बुझाउन तथा अन्य प्रयोजनका लागि दिइने निवेदन बुझाउन सेवाग्राही कार्यालयमा उपस्थित हुँदा भिडभाड हुने भएकाले इन्टरनेटको माध्यमबाट सेवा दिन सुरु गरिएको हो।

‘यो बेलामा मानिसहरूसँग भेटघाट गर्नु असुरक्षित भएकाले सेवाग्राहीहरूलाई घरमै बसी हामीसँग जोडिन भनेका छौँ,’ उनले भने, ‘उपभोक्ताहरूले फेसबुक पेजमा साथी बनेर त्यसमै निवेदन दिन सक्नुहुन्छ। अनलाइनबाट महसुल तिर्न सक्नुहुन्छ, तिरिरहनुभएको छ।’ विद्युत् महसुल तिर्न यसअघि पनि अनलाइनको प्रयोग हुने गरेको थियो।

केन्द्रमा निवेदन दिनका लागि फेसबुकको प्रयोग गर्न सकिने छ। कुनै निवेदन दिनु परे सेवाग्राहीहरूले निवेदनको फोटो खिचेर विद्युत् प्राधिकरण पर्वत शाखाको फेसबुक पेजमा पठाएपछि कर्मचारीहरूले त्यो निवेदन उपर कारबाही थाल्ने प्रमुख चाौधरीले बताए। विद्युत् सेवा उपलब्ध नभएमा ग्राहक आइडी र फोन नम्बर, मिटर रिडिङ नभएमा ग्राहक आइडी र मिटरमा उठेको अंक टिपाउन वा म्यासेन्जरमा पठाउन सकिने छ।

आफू रहेको ठाउँमा अनलाइन पे भएमा त्यसको प्रयोग गर्न सकिने तथा अनलाइन पे नभएमा कोरोनाको सन्त्रास हटेपछि एकैपटक सबै बिलहरू भुक्तान गर्न सकिने पनि पर्वत वितरण केन्द्रले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!