
काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण राजनीतिक दलले आ–आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन्। राजनीतिक दलका नेता कार्यक्रम स्थगित गरी कोरोना भाइरसबाट सचेत हुन थालेका हुन्। पार्टीका प्रायः नेता घरमै ‘सेल्फ आइसोलेसन’मा बस्न थालेका छन्।
नेताले भेटघाट कम गरेका छन्न भने कोरोनाबाट बच्ने उपाय अपनाएका छन्। नेता घरमा बस्दा पनि मास्क लगाउनुका साथै स्यानिटाइजर तथा साबुन पानीले हात धुने कार्य गरिरहेका छन्। मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्य लाभ गरिरेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक भेटघाट बन्द गरेका छन् कोरोना भाइरससँग सम्बन्धित कुनै विषय भयो भने केही सम्बन्धित व्यक्तिसँग छलफल गर्छननभए भेटघाट पूरै बन्द गरेको प्रेस सल्लाहकार सूर्य थापाले बताए। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिनदेखि घरबाट निस्किएका छैनन्। उनी ‘सेल्फ क्वारेन्टाइन’मा छन्। नेता तथा कार्यकर्तासँग कम भेटघाट गरेका छन्।
अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार कोरोना भाइरसका कारण अध्यक्ष प्रचण्डले आफ्ना सबै राजनीतिक कार्यक्रम तथा भेटघाट स्थगित गरेका छन्। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक भेटघाट तथा कार्यक्रम स्थगित गरेका छन्। तीन दिनदेखि उनी घरमै छन्।
कुनै जरुरी र आवश्यक भेटघाट छ भने मात्र भेट्छन् नत्र भेटघाट बन्द नै गरेका छन्। उनका स्वकीय सचिव भानु देउवाका अनुसार कोरोना भाइरसबाट बच्न उनी सचेत भएका हुन्। सोही पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि केही दिनदेखि नेता तथा कार्यकतासँग भेटघाट गर्न छाडेका छन्।
तीन÷चार दिनदेखि घरबाट ननिस्कएका नेता पौडेलले कोरोनाबाट बच्ने उपाय सचेत र सजग भएको बताए।