पर्वतको बाच्छामा जीप दुर्घटना हुँदा पाँच घाईते - News site from Nepal
पर्वतको बाच्छामा जीप दुर्घटना हुँदा पाँच घाईते

पर्वत– पर्वतको विहादी गाउँपालिका वडा नं. १ उपल्लो बाच्छादेखि कुश्माका लागि छुटेको जीप आज विहान दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् ।
ग १ ज ६८२८ नम्वरको जीप बाँच्छा खोलामा दुर्घटना हुँदा पाँच जना सामान्य घाईते भएका हुन् ।
घाईते मध्ये दूई जना स्वास्थ्य परिक्षणका लागि पोखरा गएका छन् भने अन्य सामान्य रहेको स्थानीय चित्रबहादुर गुरुङले जानकारी दिनुभयो ।
सडकवाट तल्लो गह«ामा खसेका कारण कुनै मानविय क्षति भने हुन नपाएको उनले बताए । साँघुरो बाटोमा मोड नपुग्दा दुर्घटना भएको हुनसक्ने स्थानीयले बताएका छन् । दुर्घटनापछि बाच्छा प्रहरी घटना स्थलमा पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक विकास थापाका अनुसार साँघुरो सडक भएका कारण सडकवाट तल्लो गह«ामा खसेको र कुनै मानविय क्षति नभएको प्रहरी निरिक्षक विकास थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!