नेकपा पर्वतका नेता भक्त कुँवरलाई मातृशोक - News site from Nepal
नेकपा पर्वतका नेता भक्त कुँवरलाई मातृशोक

पर्वत– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्वतका जिल्ला कार्यालय सदस्य तथा युवा नेता भक्त कुँवरलाई मातृशोक परेको छ । कुँवरकी ७५ वर्षिया माता डिलकुमारी कुँवरको सोमवार साँझ ६ बजे निधन भएको छ ।
मोदी गाउँपालिका वडा नं. ५ बाजुङमा रहेको निवासमै उहाँको निधन भएको हो ।
स्वर्गिय कुँवरको आज मोदी गाउँपालिका वडा नंं. ५ पातीचौरमा दिउँसो १२ बजे दाहसंस्कार गरिने कार्यक्रम रहेको छ ।
स्वर्गिय कुँवरका तीन छोरा भक्त, भुपेन्द्र र डम्बर कुँवर रहेका छन् । उहाँ लामो समयदेखि दम र पछिल्लो समय नशासम्वन्धी समस्याले पिडित हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!