पर्वतमा भिषण असिनापानीले करोडौको वालीनाली नष्ट - News site from Nepal
पर्वतमा भिषण असिनापानीले करोडौको वालीनाली नष्ट

पर्वत– वर्षासँगै शुक्रवार दिउँसो परेको भिषण असिना पानीका कारण पर्वमा करोडौको वालीनालीमा क्षति पुगेको छ ।
पर्वतको कुश्मा नगरपालिका, मोदी गाउँपालिका, फलेवास नगरपालिका र छिमेकी जिल्ला बागलुङको बलेवामा भिषण असिना परेको छ । असिनापानीका कारण खेतमा भर्खरै उम्रिएका मकै, पाकेको तोरी र गुहँवालीमा ठुलो नोक्सानी पुगेको छ । त्यसैगरी कृषकहरुले व्यावसायिक रुपमा लगाएको तरकारीबालीमा पनि क्षति पुगेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।
झण्डै आधा घण्टा भन्दा बढि परेको असिना एक फिट जति थुप्रिएको थियो । असिनाले व्यावसायिक रुपमा लगाएका गोलभेडा, काक्रो, घिरौला, लौका, बोडि, सिमी, खुर्सानी लगायतका तरकारीबाली नष्ट गरेको केन्द्रले जनाएको छ । पर्वत र बागलुङका विभिन्न क्षेत्रमा ठुलो असिना परेको बताउँदै क्षतिको विवरण भने आईनसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
अहिले क्षतिको विवरण संकलन कार्य भैरहेको कृषि ज्ञान केन्द्रका प्रमुख बासुदेव रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार गएको वर्षपनि वैशाखमा परेको असिनाले ८ करोड भन्दा बढिको मकैवाली नष्ट गरेको थियो ।
कृषकहरुले लगाएको तोरीवाली थन्क्याउने बेलामा असिना परेका कारण पुरै झरेर नष्ट भएको केन्द्रले जनाएको छ । विवरण संकलन गरिसकेपछि क्षतिको यकिन मुल्यांकन हुने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!