
पर्वत– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पर्वत जिल्ला पर्यटकीय हिसावले अत्यन्तै महत्वपुर्ण रहेको बताउनुभएको छ ।
पर्वत महोत्सव २०७६ लाई शुभकामना दिँदै प्रवक्ता श्रेष्ठले पर्वतमा थुप्रै पर्यटकीय स्थलहरु रहेको बताउँदै पोखरा पछिको दोस्रो गन्तव्य स्थल बनाउनुपर्ने बताउनुभयो । उहाँले पर्वत महोत्सवले भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि महत्वपुर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले पोखरा आउने सवै पर्यटकहरुलाई एक पटक पर्वत जिल्ला घुम्न समेत आव्हान गर्दै पर्वत महोत्सवको पुर्ण सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।
भिडियो