पर्वतका सरोकारवाला भन्छन् : ‘चुनाब ठेकेदार र गुण्डाको कब्जामा गैसक्यो’ - News site from Nepal

पर्वत– मुलुकमा हुने सबै तहका निर्वाचनहरु पैसा कमाएका ठेकेदार र गुण्डा परिचालन गर्ने ब्यक्तिको कब्जामा गैसकेको पर्वतमा आयोजित एक अन्तरकृयाका सहभागीले गुनासो गरेका छन।
जिल्ला निर्वाचन कार्यालय पर्वतले आयोजना गरेको ‘लोकतन्त्र र निर्वाचनमा सरोकारवालाको भूमिका’ बिषयक अन्तरकृया कार्यक्रममा बोल्ने बक्ताहरुले पछिल्ला निर्वाचनहरु ठेकेदार र गुण्डाहरुले कब्जा जमाउँदै गएका कारण लोकतन्त्र कम्जोर भएको धारणा राखेका हुन ।
हरेक निर्वाचनहरु लोकतन्त्रको मेरुदण्ड भएपनि जनमतलाई पैसा र बलका आधारमा प्रभावित बनाउने र पैसा हुनेहरुले नै उमेदवारी पाउन थालेका कारण उनीहरुकै कब्जामा गएको धारणा सहभागीहरुको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले ठेक्कापट्टा गरेर पैसा कमाएका तथा गुण्डागर्दी गरेर आएका मानिसहरुले उमेदवारी पाउने र उनीहरु नै राजनैतिक दलको उमेदवार बन्ने पहिलो सुचीमा पर्न थालेको भन्दै यस्तै अबस्था रहे निष्ठा र त्यागको राजनिती गर्नेहरु संगै लोकतान्त्रिक मर्म र मान्यता पनि समाप्त भएर जान्छ भन्नुभयो । ‘निर्वाचन ठेक्कापट्टा गर्ने र गुण्डागर्दी गर्नेहरुको कब्जामा गैसकेको छ’ उहाँले भन्नुभयो ‘चुनाबमा पैसा खर्च गर्न नसक्नेहरु राजनितीबाटै टाढा बस्नुपर्ने अबस्था आएपछि लोकतन्त्र पनि लुटेराकै कब्जामा जान्छ’ बिचार र दृष्टिकोणको राजनिती गर्नेहरु असफल बन्दै जाँदा ठग र लुटको मानसिकता बोक्नेहरु नेतृत्वमा पुगेपछि लोकतन्त्र नै लुटतन्त्रमा रुपान्तरित हुने खतरा रहेको उहाँको भनाई थियो ।
पैसा खर्च गरेकाहरुले कार्यकालभरी खर्च असुल गर्न खोज्ने भएकाले पनि पारदर्शीता, शुसासन र भ्रष्टचार नियन्त्रण हुन नसकि लोकतन्त्रको मर्म पनि गुम्ने खतरा रहेको प्रमुख पौडेलले बताउनुभयो । प्रत्यक्ष निर्वाचन प्रणालीमा महिला र दलितले चुनाब जित्न सक्दैनन भनेर उमेदवारी दिनबाटै बञ्चित गरिदै आइएको र समानुपातिकमा पार्टीमा नेताको नजिक हुने, पैसा दिन सक्नेहरु नै प्राथमिकतामा पर्दै गएका कारण यो प्रणाली समेत बिकृत बनेको उहाँको आरोप थियो ।
कार्यक्रमका अन्य बक्ताहरुले पनि आबधिक निर्वाचन लोकतन्त्रको सुन्दर नमुना भएकाले यसलाई परस्किृत, प्रबिधीमैत्री र पारदर्शी बनाउन जरुरी भएको धारणा राखेका थिए । लोकतन्त्रलाई कमजोर बन्न नदिन यसका बिकृती हटाउँदै जवाफदेहीता सहितको पारदर्शी निर्वाचन प्रणाली अहिलेको आबश्यकता भएको उहाँहरुको भनाई थियो ।
कार्यक्रममा जिल्ला न्यायधीश सुर्यबहादुर थापा, नेकपाका जिल्ला कार्यालय सदस्य गोबिन्द पहाडी, नेपाली कांग्रेसका सचिब अशोक उचैं, कुस्मा नगरपालिकाका निमित्त कार्यकारी प्रमुख बिष्णु तिवारी, प्रेस युनियनका केन्द्रिय सदस्य अगन्धर तिवारी लगायतले आफ्ना धारणा राखेका थिए । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले निर्वाचनको इतिहाँस र लोकतन्त्र संग यसको सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!