पर्वतमा यसरी मनाईदै छ राष्ट्रिय प्रजातन्त्र दिवस - News site from Nepal
पर्वतमा यसरी मनाईदै छ राष्ट्रिय प्रजातन्त्र दिवस

पर्वत– फागुन ७ गते मनाईने प्रजातन्त्र दिवस मनाउने बारेमा पर्वतमा पनि सर्वपक्षीयय बैठक सम्पन्न भएको छ ।
जिल्ला समन्व्य समितिका संयोजक मनोहर बी. पौडेलको अध्यक्षतामा बसेको बैठकले ७० औँ प्रजातन्त्र दिवस मनाउनको लागि बिभिन्न ६ ओटा निर्णयहरु गरेको छ ।
बैठकको पहिलो निर्णयमा फागुन ६, ७ र ८ गते साझ साढे ६ बजे सबै निकाय, सरकारी कार्यालय, गैर सरकारी संस्था लगायतका कार्यालय तथा निकायहरुमा दिवावली गरिने भएको छ । त्यस्तै, ६ गते बिहान ७ बजे जिल्ला प्रशासन कार्यालयको गेटदेखि शिवालयचोकसम्म सरसफाई गर्ने, ६ गते नै लोकतन्त्र र निर्वाचनमा सरोकारवालाको भूमिका बिषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने तय गरिएको छ ।
यसैगरी ७ गते बिहान ७ बजे जिल्ला प्रशासन कार्यालयको गेटबाट नै प्रभातफेरि ¥याली निकालेर केही ठाउँ परिक्रमा गरेपछि जिल्ला प्रशासन कार्यालयमा प्रवचन कार्यक्रम गरिने भएको छ ।
यस्तै, ७ गते दिउसो १ बजे सदरमुकाम कुश्माको शिवालय माध्यमिक विद्यालयमा लोकतन्त्र र निर्वाचनमा सरोकारवालाको भूमिका बिषयमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने र अन्तिम दिन फागुन ८ गते स्थानीय राजनीतिक दलहरुको सहभागितामा रेडियो परिसंवाद कार्यक्रम आयोजना गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!