सत्य निरुपण र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारीको नाम सिफारिस - News site from Nepal

काठमाडौँ — सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिका लागि नाम सिफारिस गरिएको छ ।

सत्य निरुपण आयोगको अध्यक्षमा कांग्रेसका तर्फबाट गणेशदत्त भट्ट तथा सदस्यमा प्रचण्डमान श्रेष्ठ र नेकपाका तर्फबाट सदस्यहरुमा गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेलको नाम सिफारिस गरिएको छ।

यसैगरी बेपत्ता आयोगको अध्यक्षमा नेकपा तर्फका युवराज सुवेदी तथा सदस्यमा विष्णु भण्डारी रहेका एवं कांग्रेसका तर्फबाट सदस्यहरुमा सुनिल रञ्जन सिंह, डा. गंगाधर अधिकारी र सरिता थापाको नाम सिफारिस गरिएको छ।

पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र संयोजकत्वको सिफारिस समितिले शनिबार दुवै आयोगमा पाँच-पाँच जना पदाधिकारी सिफारिस गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले जानकारी दिएको छ।

दुवै समितिमा एक-एक अध्यक्ष र चार-चार जना सदस्य सिफारिस गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!