गहते अम्बोट आधारभुत विद्यालय मुडिकुवाको ४० औँ वार्षिकोत्सव सम्पन्न - News site from Nepal

पर्वत
पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित गहते अम्बोट आधारभुत विद्यालयको ४० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ । हामी सबैको प्रण सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण भन्ने मुल नाराका साथ अगाडि बढेको उक्त विद्यालयले विभिन्न कार्यक्रमका साथ आईतबार वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह अयोजना गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री माननीय विकास लम्सालले गुणस्तरिय शिक्षा विना मुलुक प्रगति र समृद्धिको पथमा हिड्न नसक्ने बताउनुभयो । शिक्षाको विकास विना कुनै पनि क्षेत्रको विकास हुने कल्पना गर्न नसकिने भन्दै उहाँले शिक्षा पद्धतीको परिर्वतन,पुनर्संरचना र शिक्षामा प्राविधिकरण तथा प्रबलीकरण हुनुपर्नेमा जोडदिनुभयो ।
परम्परावादी शिक्षा अवलम्बन गरिरहे नेपालको शिक्षा कहिल्यै विश्वमा प्रतिस्पर्धा गर्नसक्ने अवस्थामा नपुग्ने तथा दक्ष जनशक्ति उत्पादन गर्न नसकिने उहाँको भनाई थियो ।
फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले फलेवास नगरपालिकाको शैक्षिक सुधार लागि नगरपालिकाले शिक्षा ऐन,नियमावली तथा कार्याविधिहरु तयार पारेको बताउनुभयो । नगरकार्यपालिकाले पास गरेका नयाँ निति नियमको पालना गर्दै विद्यालयमा पठन पाठन सञ्चालन गरेपश्चात यहाँका विद्यालयहरुमा शैक्षिक गुणस्तर माथी उठ्न थालेको दाबी गर्नुभयो ।
फलेवास नगरपालिकाकी उपप्रमुख मञ्जु अधिकारीले फलेवास नगरपालिका भित्रको शैक्षिक सुधार तथा विकासका लागि नयाँ शैक्षिक पद्धतिको आवश्यक रहेकोमा जोड्दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनाथ कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा पञ्चकोसी प्रा.वि.का शिक्षक मधुसुदन अधिकारी,भवानी विद्या पिठका प्र.अ.अर्जुन कुमार रेग्मी,नागरिक उड्डयन प्राधिकरणका योगेन्द्र कुवँर,शैक्षिक सुधार अभियान्त राजेन्द्र पहाडी,नेपाली काङग्रेसका नेता गंगाधर तिवारी,वडाध्यक्ष टिकाराम गौडेल लगाएतले बोल्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्र.अ.ओमकार पौडेलले शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।सोही अवसरमा विद्यार्थीहरुले नचगान र नाट्क प्रस्तुत गरेका थिए भने  विद्यालयलाई आर्थीक तथा भौतिकरुपमा सहयोग पु¥याउने अभिभावक,शिक्षक लगाएतलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन शिक्षक मोती च्वाईले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!