कृषि ज्ञान केन्द्र पर्वतका प्रमुुख रेग्मी निजामती सेवा पुरस्कार बाट पुरस्कृत - News site from Nepal

पर्वत– लामो समयदेखि पर्वतमा कार्यरत कृषि ज्ञान केन्द्र पर्वतका कार्यालय प्रमुख बासुदेव रेग्मी पुरस्कृत हुनुहुने भएको छ । गण्डकी प्रदेश सरकार स्थापनाको दुई वर्ष पुरा भएको अवसरमा रेग्मी रु ५० हजार रुपैया राशीको निजामती सेवा पुरस्कारवाट पुरस्कृत हुन लाग्नुभएको छ ।
प्रदेश सरकार अन्तर्गतका कार्यालयहरुमा उत्कृष्ट कार्यालय प्रमुखको रुपमा कार्य गरेको भन्दै उहाँलाई पुरस्कार दिने घोषणा गरिएको हो । उक्त पुरस्कार एक समारोहको आयोजना गरि वितरण गर्ने प्रदेश सरकारको तयारी छ ।
रेग्मी विगत ७ वर्षदेखि निरन्तर पर्वतमा कार्यरत रहनुभएको छ । तत्कालीन जिल्ला कृषि विकास कार्यालय र विगत दुई वर्ष देखि पर्वत र बागलुङ जिल्ला हेर्नेगरी प्रदेश मातहत रहेको कृषि ज्ञान केन्द्रको प्रमुख रहनुभएको छ ।
रेग्मी पर्वतमा सरुवा भएर आएदेखिनै कृषिमा व्यावसायिकरणको शुरुवात भएको हो । अहिले जिल्लामा व्यावसायिक रुपमा लाग्ने कृषकहरुको संख्या समेत उल्लेख्य मात्रामा बढ्दै गएको छ । पछिल्लो समय कृषि ज्ञान केन्द्रले विभिन्न अनुदानका कार्यक्रमहरु अघि सारेपछि व्यावसायिक तरकारी, फलफुल, माछापालन लगायत अन्नवाली उत्पादनमा समेत युवायुवतीहरुको आकर्षण बढ्दै गएको छ । उहाँ गत वर्ष पनि प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयवाट पुरस्कृत हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!