पर्वतको ठुलीपोखरीका ७० जना जेष्ठ नागरिक वडा कार्यालयद्धारा सम्मानित - News site from Nepal

पर्बत- कुश्मा नगरपालिका वडा नम्बर १२ ठुलिपोखरीले जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । शनिबार वडा कार्यलय परिसर ठुलीपोखरीमा एक कार्यक्रमका साथ वडा भित्र रहेका ८० बर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान गरेको हो ।
वडा अध्यक्ष राजेन्द्र पौडेलले जेष्ठ नागरीकलाई दोसल्ला साथै जुस र बिस्कुट बितरण गर्नूभएको थियो । पौडेलले वडा कार्यलयले जेष्ठ नागरिकहरुको हौषला तथा उर्जा बढाउन यस्तो सम्मान गरेको बताउनुभयो । उहाँले जेष्ठ नागरिकले समाज परिवर्तनका लागि खेलेको भुमिका सह्रानिय रहेको बताउनुभयो ।

कार्यक्रममा ७० भन्दा बढी जेष्ठ नागरिकहरुलाई सम्मानीत गरीएको पौडेलले बताउनुभयो । सम्मान पाउँदा खुसी लागेको सम्मानीत जेष्ठ नागरिक खरिलाल सापकोटाले बताउनुभयो । वडा कार्यलयबाट पहिलो पटक यसरी सम्मान पाउँदा आफुहरुमा थप हौषला प्रदान भएको सापकोटाको भनाई थियो । सम्मानीत कार्यक्रममा वडा सचिब टिकाराम उपाध्यायले स्बागत गर्नूभएको थियो भने वडा कार्यलयका सबै जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
वडा अध्यक्ष पौडेलका अनुसार शनिबार सम्मानीत हुन छुटेका तथा असक्तm तथा अपाङ जेष्ठ नागरिकहरुलाई आज आईतबार उनिहरुकै घरमा पुगी सम्मानीत गर्न लागिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!