पर्वतमा मनाईयो भुकम्प दिवस ः भुकम्प प्रतिरोधी संरचना निर्माणमा जोड - News site from Nepal

पर्वत– २२ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवस पर्वतमा पनि मनाईएको छ । जिल्ला विपद व्यवस्थापन समितिको अयोजनामा गरिएको अन्तरक्रियात्मक कार्यक्रममा सहभागिहरुले भुकम्पवाट बच्न भौतीक संरचना निर्माण गर्दा भुकम्प प्रतिरोधी बनाउनुपर्नेमा जोड दिएका छन् । मानव निर्मित संरचनाहरुकै कारण ठुलो जनधनको क्षति हुने गरेको बताउँदै भुकम्पवाट क्षति न्यूनिकरण गर्दा भौतिक संरचनालाई बलियो बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर वी पौडेलले हामीले भौतिक पूर्वाधारहरु निर्माण गर्न ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भुकम्प जुनसुकै बेला र परिस्थितिमा पनि जान सक्ने बताउँदै जनधनको सुरक्षाका लागि सँधै सतर्क रहनुपर्नेमा जोड दिनुभयो । उहाँले अब बन्ने संरचनाहरु भुकम्प प्रतिरोधी बनाउन प्राविधिकहरुको सल्लाह र स्टिमेट अनुसार बनाउनुपर्ने बताउनुभयो ।
सो अवसरमा नेकपाका जिल्ला कार्यालय सदस्य भक्त कुँवरले शहरी क्षेत्रमा मात्र नभई गाउँ गाउँमा निर्माण हुने संरचनाहरुलाई पनि भकम्प प्रतिरोधी मापदण्डमा बनाउनुपर्ने बताउनुभयो । उहाँले जनचतेना फैलाउन सके विगतको जस्तो क्षति आगामी दिनहरुमा व्यहोर्न नपर्ने बताउनुभयो ।
नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले विपत जुनसुकै बेला पनि आउन सक्ने बताउँदै त्यसको पूर्व तयारी गरिरहन आग्रह गर्नुभयो । भुकम्प लगायतका आईपर्ने विपतबाट जोखिम कम गर्न सवैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, नेपाल रेडक्रस सोसाईटीका सभापति रुद्रबहादुर रिमाल, लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका अध्यक्ष गणेशबहादुर क्षेत्री, पञ्चासे एफ.एमका स्टेशन म्यानेजर लक्ष्मण सापकोटा, नमुना आवासीय माविका प्रिन्सिपल इन्द्रमान खत्री लगायतले बोल्नुभएको थियो ।
सो अवसरमा पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कायान्वयन ईकाई पर्वतका प्रमुख कृष्णराज गौतमले पर्वतमा पुर्ननिर्माणको अवस्था र भुकम्प प्रतिरोधी संरचनाहरु निर्माणका बारेमा बोल्नुभएको थियो ।
जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपालले जिल्लामा विपद पूर्व तयारीका बारेमा बोल्नुभयो । उहाँले पर्वतमा पर्याप्त मात्रामा पुर्नस्थापना र राहतका सामाग्रीको अभाव रहेको बताउनुभयो । उहाँले कपडा बैंक र खाद्यान्न वैंक स्थापना गर्ने हो भने विपदका बेला ठुलो राहत मिल्ने बताउनुभयो ।
कार्यक्रमको संचालन सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!