पर्वतको कटुवाचौपारीमा अदुवा प्रशोधन तथा बजारीकरण तालिम सुरु - News site from Nepal
पर्वतको कटुवाचौपारीमा अदुवा प्रशोधन तथा बजारीकरण तालिम सुरु

कुश्मा- रन्टलाइन नेपाल उद्यमशिलता तथा विकास संस्था पर्वतको आयोजनामा अदुवा प्रशोधन तथा बजारीकरण तालिम सुरु भएको छ ।
लघु घरेलु तथा साना उद्योग विकास कोषको आर्थिक सहयोग तथा नेपाल घरेलु तथा साना उद्योग महासंंघ पर्वतको समन्वयमा उक्त तालिम कुश्मा नगरपलिका वडा नंं ९ कटुवा चौपारीमा सुरु भएको हो ।
तालिमको उद्घाटन कार्यक्रम बोल्दै कुश्मा नगरपालिका वडा नंं ९ का वडा अध्यक्ष कृष्णप्रसाद लामिछानेले लिएको तालिमको मात्रै सदुपयोग गर्न सके महिला दिदिवहिनिहरु बेरोजगारी बस्न नपर्ने बताउंदैँ अदुवा जस्ता स्थानिय स्तरमा उत्पादन हुने कृषि उपजमा आधारीत उद्यमहरुको स्थापना हुन सकेमा दिगो आर्थिक विकास हुने धरणा व्यक्त गर्नु भयो ।
फ्रन्टलाइन नेपालका अध्यक्ष शिवप्रसाद शर्माको अध्यक्षता तथा स्थानिय ताजा तरकारी उत्पादक महिला समूहका सचिव भगवती लामिछानेको संचालनमा सम्पन्न उद्घाटन सत्रमा वडा अध्यक्ष कृष्णप्रसाद लामिछाने, घरेलु तथा साना उद्योग विकास समिति पर्वतका प्रमुख गोविन्द पौडेल, नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सदस्य शिवशर्मा पौडेल, ताजा तरकारी उत्पादक महिला समूहका अध्यक्ष यशोदा लामिछाने लगाएतले मन्तव्य राख्नु भएको थियो । तालिममा ताजा तरकारी उत्पादक महिला समूहका ३० जना सदस्यहरुको सहभागिता रहेको छ ।
कार्यक्रमको सहजीकरण सामुदायिक खाद्यप्रशोधन केन्द्र मुडिकुवाका अनुभवी उद्यमी थानेश्वर भुषालले गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!