प्रधानमन्त्रीले आज दिउँसो २ बजे संसदमा  सम्बोधन गर्ने - News site from Nepal
प्रधानमन्त्रीले आज दिउँसो २ बजे संसदमा  सम्बोधन गर्ने
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संघीय संसदलाई सम्बोधन गर्ने भएका छन् ।

आफ्नो नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा हुन लागेको अवसरमा प्रधानमन्त्री ओलीले शुक्रबार संघीय संसदलाई सम्बोधन गर्ने भएका हुन् ।

दिउँसो २ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सरकारले दुई वर्षको अवधीमा हाँसिल गरेका उपलब्धीबारे जानकारी गराउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तत्कालीन एमालेका अध्यक्ष रहेका ओली तत्कालीन माओवादी केन्द्रको समर्थनमा झन्डै दुई तिहाई बहुमतसहित प्रतिनिधिसभाबाट प्रधानमन्त्रीमा नियुक्त भएका थिए। सत्ता साझेदारीपछि तत्कालिन एमाले र माओवादीको पार्टी एकीकरण भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!