बागलुङमा थप एक जनामा कोरोना भेटियो, पुनः परीक्षण गरिँदै - News site from Nepal
बागलुङमा थप एक जनामा कोरोना भेटियो, पुनः परीक्षण गरिँदै

काठमाडौं : नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।  बागलुङमा द्रुत पहिचान परीक्षण अर्थात र्‍यापिड डाइग्नोष्टिक टेष्टमा थप एक महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको हो।
जिल्लाको काठेखोला गाउँपालिकामा ५७ जनाको द्रुत परीक्षण गरिएकोमा एक ६५ वर्षीया महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको जनस्वास्थ्य अधिकृत सुरज गुरौले जानकारी दिए। र्‍यापिड टेष्टमा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि पुनः स्वाब संकलन गरी पोखरा पठाउने तयारी गरिएको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले जानकारी दिए।
पोजेटिभ देखिएपछि ती महिलालाई गाउँपालिकाकै क्वारेन्टाइनमा राखिएको छ। उनी केहि साताअघि मात्रै भारतको तिर्थयात्रा गएर फर्किएकी हुन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!