नयाँ वर्षको पहिलो दिन ः लक डाउनका बीचमा पनि कालीगण्डकीमा स्नान गर्ने भक्तजनको घुँईचो - News site from Nepal

पर्वत- सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने आजको दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति र वर्षको जेठो दिन । विहानैदेखि पवित्र कालीगण्डकी नदिका विभिन्न तटहरुमा स्नान गर्ने भक्तजनहरुको घुँईचो लागेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणको जोखिका बाबजुत पनि कालीगण्डकी नदिका विभिन्न किनारहरुमा स्नान गर्नेहरुको घुँईचो बढेको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले पाँच दिन अघिनै सूचना जारी गरेर कालीगण्डकीमा मेला भर्न र स्नान गर्नका लागि नजान अनुरोध गरेपनि यस क्षेत्रका नागरिकहरु भने विहान पाँच बजेदेखिनै नदि किनारमा पुगेका थिए ।
आजको दिन विशेष मेला लाग्ने पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको मोदीबेनी, र पर्वत, स्याङ्जा र गुल्मीको संगम स्थलमा अवस्थित प्रशिद्ध सेतीवेणी धाममा भने विगतका वर्षहरु जस्तो घुँईचो नभएको भक्तजनहरुले जनाएका छन् । ती स्थानहरुमा ठुलो भिड लाग्ने भन्दै सुरक्षा कर्मी र स्थानीय तहले समेत भक्तजनहरुलाई रोक लगाएका छन् ।
त्यसैगरी जैमिनी घाट, पुर्तिघाट, नयाँ पुल, गोपाङघाट, राजाको बगर, गलेश्वरधाम, मिलनचोक, वारीवेनी, खनियाघाट लगायतका स्थानमा स्थानीयहरुको बाक्लो सहभागिता देखिएको छ ।
विगतका वर्षहरु जस्तो छिमेकी जिल्ला स्याङ्जा, कास्की, तनहुँ लगायतका जिल्लाबाट आउने भक्तालुहरु भने यस वर्ष लक डाउनका कारण रोकिएका छन् ।
वैशाखे संक्रान्ति बिग्रेकाहरुले बिहानै कालीगण्डकी नदि स्नान गर्ने परम्परा अनुसार बिहानैदेखि भिड लागेको हो ।
कागवेनीबाट शुरु भएको कालीगण्डकी नदिमा स्नान गरे वर्षैभरीनै राम्रो हुने विश्वासका साथ कालीगण्डकी नुहाउन आउनेहरुको घुँईचो लाग्ने गर्दछ । संक्रान्ति बायाँ खुट्टा, वाया हातमा परेकाहरु नदिमै पुग्ने गर्दछन् भने गण्डकीमा जान नसक्नेहरु जल ल्याएर घरमै स्नान गर्ने परम्परा पनि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!