पर्वतको कुश्मामा टाटा सुमोले स्कुटरलाई ठक्कर दिदा दुई गम्भीर घाइते - News site from Nepal

पर्वत-  पोखराबाट बागलुङ्ग जाँदै गरेको टाटा सुमोले बिहीबार साँझ कुस्माबजारमा स्कुटरलाई ठक्कर दिदा दुई जना गम्भीर घाइते भएका छन ।
ग १ ज ८५८२ नम्बरको टाटा सुमोले पर्वतको कुस्मा नगरपालिका वडा नं ४ गुप्तेश्वर क्याम्पस नजिक ठक्कर दिदा ध१प ३३९५ नम्बरको स्कुटीमा सवार पर्वतको कुस्मा नगरपालिका वडा नं ४ का ५४ बर्षिय बाबुराम सापकोटा र सोही ठाउँकी १८ बर्षिया शान्ति सुनार गम्भीर घाइते भएका छन ।
घाइते सापकोटा र सुनारको पर्वत जिल्ला अस्पतालमा उपचार भैरहेको छ । सापकोटाको अबस्था गम्भीर रहेको बताइएको छ ।
स्कुटरलाई ठक्कर दिएपछि भागेको टाटा सुमो र चालकलाई प्रहरीले कुस्मा नगरपालिका १ मालढुंगाबाट नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बिकास थापाले जानकारी दिनुभयो । यो सातामा पर्वतको कुस्माबजारमा नै भएका तीन वटा सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!