
पर्वत – जिल्लाको कुश्मा नगरपालिका र फलेवास नगरपालिकामा एकै दिन १ सय २ जनाको कोराना भाइरसको ¥यापिड टेष्ट गरिएको छ ।
कुस्मा नगरपालिका र फलेबास नगरपालिकामा भारतबाट आएका १ सय २ जनामा गरिएको र्यापिड टेष्टका क्रममा कसैलाई पनि कारोनाको संक्रमण नदेखिएको हो ।
कुश्मा नगरपालिकामा ४५ जना र फलेवास नगरपालिकामा ५७ जनामा गरिएको टेष्ट नेगेटिभ देखिएको पर्वत अस्पतालका प्रमुख डा। शिशिर देवकोटाले जानकारी दिए ।
पर्वत जिल्ला अस्पताल र स्वास्थ्य कार्यालय मिलेर जिल्लामा विदेशबाट फर्किएकाहरुको ¥यापिड टेष्ट शुरु गरेका छन ।
जिल्ला भरी विदेशबाट चैत महिनामा भित्रिएकाहरुको परिक्षण कार्य भईरहेको छ । पहिलो दिन कुश्मा र फलेवास नगरपालिकामा परिक्षण शुरु गरिएको र भोली जिल्लाका बाँकी सवै पालिकाहरुमा विदेशबाट फर्किएकाहरुको ¥यापिड परिक्षण हुने डा। देवकोटाले जानकारी दिए ।
त्यसकालागि पाँच वटै पालिकाका हेल्थ असिष्टेन्टलाई शनिबार कुस्मामा टेष्ट गर्ने तरिका सिकाइएको छ । भोली नै जलजला, मोदी, महाशिला, बिहादी र पैंयु गाउँपालिकामा परिक्षण शुरु हुने जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. भोजराज गौतमले बताए । पहिलो चरणमा भारत भन्दा बाहिरबाट आएका सबै ब्यक्तिको परिक्षण गरिएको थियो भने र्यापिड चरणमा भारतबाट आएका नागरिकको कोरोना परिक्षण गरिदैछ । त्यसपछि उनीहरुका आश्रित परिवारको पनि परिक्षण गरेपछि संक्रमण फैलिएको वा नफैलिएको बारेमा यकिन हुने उनको भनाई छ।