
जसको अध्यक्षमा लिमिठाना माविकी नमुना पाण्डे,उपाध्यक्ष थापाठाना माविका अबिरल पौडेल,सचिव राम मावि का विमल रिजाल,सहसचिव जनता मावि देविस्थानकी बर्षा कुवँर र कोषध्यक्ष सिद्ध मावि का शिला कुवँर सर्बसम्वत चयन भएका छन । त्यस्तै सदस्यहरुमा जास्मिन कुवँर, अनुपा कुवँर, सुजना शर्मा,सुगिल नेपाली,सहारा नेपाली,संगित परियार,सिमा चपाई रहनुभएको छ ।
नगरपालिका भित्र बालबालिकाहरुको अवस्था कस्तो छ बुझ्न र नगरपालिका का एघार ओटै वडाका बिद्यालयका विद्यार्थी हरुको उपस्थितमा नगरपालिका स्तरिय बाल संजाल गठन गर्ने उदेश्यले भेलाको आयोजना गरिएको हो ।
कार्यक्रम मा बोल्दै नगरपालिका का प्रमुख पदमपाणी शर्माले विभिन्न अभियानको सन्चालन गरेर सामाजिक परिबर्तनको अगुवाइ गर्नुपर्ने बताउनु भयो । बाल अधिकार मौलिक अधिकार समेत भएको हुदाँ बालबालिकाको चौतर्फी बिकासको लागि नगरपालिकाले बिशेष ध्यान दिने बताउनुभयो । शर्माले समाजमा ठुलाठुला परिबर्तन विद्यार्थी हरुलेनै गरेको भन्दै उपस्थित बालबालिका लाई समाजको सकारात्मक परिवर्तनको लागि सामाजिक अभियान सन्चालन गर्न सुझाब दिनुभयो ।
संक्रमणर्का्लिन समयमा संविधानका अरु धारा हनन भएपनी बाल अधिकारका कुनैपनी धारा हनन गर्न नपाइने उहाँले बताउनुभयो । उपप्रमुख मन्जु अधिकारिले घर विद्यालय तथा समाजमा बालबालिकाले भोग्नुपरेका समस्याको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाले भेलामा उपस्थित बालबालिका लाई मोबाईलको प्रयोग सकेसम्म नगर्न र गर्नै परेपनी सिकाइको लागि प्रयोग गर्न सुझाव दिनुभयो ।
बालबालिका सम्बन्धी एन २०७५ ले बालबालिका का सबै अधिकार सुनिशिच्ति गरेको फलेवास नगरपालिकाका नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत सुरेश न्यौपानेले बताउनुभयो । आजका बालबालिका भोलिका परिबर्तनका सम्बाहक भएको भन्दै बालबालिका को क्षेत्रमा नगरपालिकाले र स्वयंमले पनि सक्दो सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमको सहजिकरण गर्दै योजना व्यवस्थापक देविप्रसाद तिमिल्सिनााले समाजमा बालबालिकाको अवस्था,बालश्रमिकको अवस्था,बालविवहाको अवस्थाको बारेमा जानकारी दिदै बालक्लबका विभिन्न पक्षका बारेमा प्रकाश पार्नुभएको थियो । त्यस्तै शिक्षा शाखाका अधिकृत कृष्णप्रसाद आचर्यले बालअधिकारका विषयमा सहजिकरण गर्नुभएको थियो ।
नेपाल शिक्षक संघ फलेवासका अध्यक्ष पुर्ण श्रेष्ठ,नेपाल शिक्षक सघ फलेवास कमिटीका अध्यक्ष दिपक पौडेल,शिक्षक संघ प्रदेश कमिटीका सदस्य शारदा शर्मा,शिक्षा तथा सामाजिक शाखा संयोजक तथा वडा नं ९ भंगराका वडाअध्यक्ष गंगाधर शर्माले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नगरपालिका का ११ ओटै विद्यालयका विद्यार्थीहरुको प्रतिनिधित्व रहेको थियो ।नगरप्रमुख पदमपमणी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख विष्णु चापागाइले गर्नुभएको थियो ।