पर्वतमा हालसम्म ६६ जनाको स्वाब संकलन , ५० को रिपोर्ट नेगेटिभ - News site from Nepal
पर्वतमा हालसम्म ६६ जनाको स्वाब संकलन , ५० को रिपोर्ट नेगेटिभ

पर्वत– पर्वतमा भारत बाहेकका विभिन्न मुलुकवाट चैत महिना भित्र स्वदेश फर्किएकाहरुको स्वाब परिक्षणलाई तीब्रता दिईएको छ । अहिलेसम्म पर्वतका ६६ जनाको स्वाब संकलन गरिसकिएको छ ।
यसैबीच दक्षिण पर्वतका महाशीला, पैंयु र विहादी गाउँपालिकामा चैत पाँच गतेपछि विदेशवाट फर्किएकाहरुको शुक्रवार स्वाब संकलन गरि परिक्षणका लागि क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखरा पठाईएको छ । तीन गाउँपालिकावाट १६ जनाको स्वाब संकलन गरिएको पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर दवकोटाले जानकारी दिनुभयो । यस अघि ५० जनाको रिपोर्ट आईसकेको छ । दुई नगरपालिका र दुई गाउँपालिका गरी चार स्थानीय तहका ५० जनाको स्वाब संकलन गरि परिक्षणका लागि पठाईएकोमा सवैको रिपोर्ट नेगेटिभ आएको डा. देवकोटाले जानकारी दिनुभयो ।
यसैबीच पर्वतमा आजदेखिनै कोरोनाको ¥यापिड टेष्ट गरिने भएको छ । आजदेखि कुश्मा र फलेवासमा कोरोनाको ¥यापिड टेष्ट गर्ने अस्पतालले जनाएको छ । पर्वतमा चैत महिना पछि विदेशवाट फर्किएका सवैको ¥यापिड टेष्ट गरिने योजना अनुरुप आजदेखि कुश्मा र फलेवासवाट परिक्षण शुरु गरिने अस्पतालले जनाएको छ ।
पर्वतमा चैत तीन गतेपछि ३ सय १६ जना विदेशवाट आएका छन् । ती मध्ये अहिले १ सय ८५ जना होम क्वारेन्टाईनमा रहेका छन् भने १० जना क्वारेन्टाईमा रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!