पर्वतको कुश्मा र फलेवासमा भोलीदेखि कोरोनाको र्यापिड टेष्ट गरिने - News site from Nepal

भोली नै भारतबाट चैत्र १ गते पछि फर्किएका ५० जनाको फलेवास नगरपालिकामा परिक्षण गरिने डा. देवकोटाले जानकारी दिए । परिक्षण कार्यको तयारी फलेवास नगरपालिकामा सकिएको र भोली नै नगरक्षेत्रमै गएर परिक्षण कार्य गरिने डा. देवकोटाको भनाई छ ।

कोरोना परिक्षणको दायरा बढाउँदै लगेको जिल्ला अस्पतालले कुश्मा नगरपालिकामा पनि परिक्षण कार्य गर्ने भएको छ । जिल्लाका लागि हाल १ सय वटा किट प्राप्त भएका छन । त्यसबाट एक जना जनाको परिक्षण गर्न सकिन्छ ।

१५ मिनेट भित्रै नतिजा दिने उक्त ¥यापिड किट बागलुङमा संक्रमितको संख्या बढेका कारण मन्त्रीपरिषदको निर्णय अनुसार प्राप्त भएको हो । अहिले बागलुङका विभिन्न स्थानीय तहहरुमा पनि ¥यापिड टेष्ट मार्फत कोरोना भाइरसको परिक्षण कार्य भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!