
पञ्चासे एफ.एमको नियमित कार्यक्रम पञ्चासे टि टाईमको समसामयिक बिषयमा कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । नगरपालिकाले नगर भित्र रहेका बिपन्न तथा गरीब समुदायका घरधुरीहरुको पहिचान गरीसकेको र केहि समय भित्रै सबै घरधुरीमा राहात पुग्ने बिश्वास दिलाउनुभएकोे छ । उहाँले बास्तबिक ज्याला मजदुरी गरेर साझ बिहान घर खर्च चलाउदै आउनुभएका पिडित समुदाय जोकोहि भएको खण्डमा नगरपालीकामा सम्पर्क गर्न आग्रह गर्दै उनिहरुलाई पहिचान गरी तत्कालै राहात दिलाईने समेत बताउनुभयो । उहाँले नगरवासीलाई सरकारले लगाएको लकडाउनको पुर्ण रुपमा पालना गर्न आग्रह गर्दै उलङगन गरेको पाईएमा कानुन बमोजीम कारवाहिको दायारमा ल्याईने समेत बताउनुभयो । बुधबार मात्रै बिदेशबाट आएका ९ जनाको थ्रोड स्वाब गरीएकोमा सबैको नेगेटिभ आएको भन्दै उहाँले खुशी समेत ब्यक्त गर्नुभयो ।
उहाँले ८७ टोलमा क्वारेन्टाइन ब्यवस्थापन भएको र वडा तहमा ५५ वटा क्वारेन्टाइन वेड तयार भई हाल १० जना क्वारेन्टाइनमा बसीरहेको जानकारी समेत दिनुभएको छ । होम क्वारेन्टीनमा बसेकाहरुको पनि दिनको एक पटक अबलोकन गरीदै आएको पनि उहाँले बताउनुभयो । उहाँले कोही कसैलाई नगर भित्रका बिभिन्न नाकाहरुबाट प्रबेश गर्न रोक लगाउँदै यदी अत्याबश्यक कामको लागि आएमा सम्बन्धीत वडाको क्वारेन्टीनमा राखिने समेत बताउनुभयो । नगरवासिको लागि भिभिन्न खाद्यय् सामाग्री तथा औषधीको अभाब हुन नदिने तवरबाट आफु र जनप्रतिनिधिहरु लागि परेको बताउनुभयो । उहाँले सरकारले घोषणा गरेको लक डाउनलाई पूर्ण रुपमा पालना गर्दै घरमै बस्न समेत नगरबासीलाई अनुरोध गर्दै सामाजिक दुरी कायम गर्न, धैय गर्न र परिवारको ख्याल गर्न आग्रह समेत गर्नुभयो ।