कोरोनाले मृत्यु हुनेको संख्या ८८ हजार नाघ्यो : अमेरिकामा एकै दिन १९२६ जनाको मृत्यु - News site from Nepal

बुधबार एकै दिन अमेरिकामा १ हजार ९ सय २६ जनाले ज्यान गुमाएका छन्। योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या १४ हजार ७७४ पुगेको छ। अमेरिकामा ४ लाख ६२ हजारमध्ये ३१ हजार ७० जना नयाँ संक्रमित थपिएका छन्।

युकेको पनि एकै दिन ९३८ जनाले ज्यान गुमाएका छन्। युकेमा हालसम्म ७ हजार ९७ जनाले ज्यान गुमाएका छन्। ६० हजार ७३३ जना संक्रमित मध्ये ५ हजार ४ सय ९१ जना नयाँ संक्रमित थपिएका छन्।

त्यस्तै स्पेनमा एकै दिन ७४७ जनाले ज्यान गुमाएका छन्। स्पेनमा हालसम्म १४ हजार ७९२ जनाले ज्यान गुमाएका छन्। स्पेनमा १ लाख ४८ हजार २२० संक्रमित छन्। जसमा ६ हजार २ सय ७८ जना नयाँ संक्रमित भएका छन्।

इटलीमा एकै दिन ५४२ जनाले ज्यान गुमाएका छन्। हालसम्म इटलीमा १७ हजार ६६९ जनाले ज्यान गुमाएका छन्। कोरोनाले मृत्यु हुने इटलीमा सबैभन्दा बढी छन्। १ लाख ३९ हजार ४२२ संक्रमित छन्। जसमा ३ हजार ८ सय ३६ जना नयाँ संक्रमित थपिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!