यस्तो बन्दै छ तनहुँको अकला देवि मन्दिर,तामाले छाना छाउने काम शुरु - News site from Nepal

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ३ किलचोक स्थित अकला देवि मन्दिरको छाना अब तामाले छाईने भएको छ । परम्परागत मौलिक ईट्टा र काठ बाट निर्मित मन्दिरमा तामाको छाना हाल्ने काम थालिएको हो । ८० प्रतिशत काम सम्पन्न भएको मन्दिरको छानो तामाले छाउन बुधबार दक्ष कालिगड लाई काम हस्तान्तरण गरिएको हो ।
५५ लाख ७६ हजार ५ सयको लागतमा निर्माण गर्न लागिएको मन्दिरको लागि प्रदेश सरकार बाट ४० लाख, म्याग्दे गाउँपालिका बा ८ लाख रकम मिलेको थियो । बाकीँ ७ लाख ७६ हजार ५ सय जनसहभागिता बाट व्यवस्था मिलाईएको थियो ।
अकलादेवि मन्दिरको पुजा अचर्ना गर्नाले मनोकाक्षां पुरा हुने जन विश्वास रहदै आएको छ । यहाँ प्राकृतिक रुपमा कुँदिएका विभिन्न आकृतिहरु देख्न पाईन्छ ।
सो अवसरमा बोल्दै गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले तनहुँ जिल्ला धेरै ऐतिहासिक, पुरातातत्वीक, धार्मिक र पर्यटकिय दृष्टिकोणले महत्वपूर्ण रहेको चर्चा गर्दै यस्ता किसिमका धार्मीक पर्यटकीय स्थलहरु पर्यटकहरुको आकर्षणका केन्द्र बन्दै गएको बताउनुभयो । नेपालको पर्यटनको केही हिस्सा धार्मीक क्षेत्रले ओगटेको छ,मन्त्री लम्सालले भन्नुभयो“हाम्रा धर्म संस्कृति सँग जोडिएका मठ,मन्दिरहरु हिजो आज पर्यटकको रोजाईको केन्द्र बन्न पुगेको छ, हामीले यसको संरक्षण र उचित व्यवस्थापन गर्न सके सबै स्थानिय तहनै आकर्षणको गन्तव्य बन्न सक्छन् ।
मन्त्री लम्सालले गण्डकी प्रदेश सरकारले ओझेलमा परेका,चलेका ऐतिहासिक, पर्यटकीय तथा धार्मिक स्थलसँगै पर्यटन सम्भावना बोकेका स्थानहरुको संरक्षण तथा प्रवद्र्धनको अभियानमा लागेको बताउनुभयो ।
पृथ्वीराजमार्ग बाट १० मिनेटको दुरीमा रहेको किलचोकको अकलादेवी मन्दिर पनि पर्यटकीय स्थल बन्दै जाने विश्वास व्यक्त गर्नुभयो । आफ्नो स्थानको धार्मीक क्षेत्र तथा पर्यटकीय सम्भावना बोकेका स्थानहरुको प्रचार प्रसार गर्न स्थानियवासीनै अग्रसर हुनुपर्नेमा जोडदिनुभयो ।

प्रदेश सभा सदस्य आशा कोईरालाले मठ,मन्दिरहरु सँग धार्मीक पर्यटन जोडिएको र धार्मीक पर्यटकहरुको सख्या वृद्धि हुदै गएको वर्तमान अवस्थामा यस मन्दिर धार्मीक पर्यटकको केन्द्र बन्न सक्ने बताउनुभयो ।
गजुर प्रतिस्थापन कार्यक्रममा प्रदेश सभा सदस्य दोबाटे बिश्वकर्मा,जिल्ला समन्वय समितिका सभापति शान्तिरमण वाग्ले, अकला देवि मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मिन ब.बराई मगर लगाएतले बोल्नुभएको थियो ।
यसै बर्ष मन्दिरको गजुर हाल्ने कार्य देखि सम्पुर्ण काम सम्पन्न गरि चैत्र उद्घाटन गर्ने लक्ष्य लिईएको राम भक्त घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!